१७ माघ, नवलपरासी । नवलपरासीका करिब सात हजार बोटे समुदायका मानिससँग जग्गाधनी पूर्जा नभएको एक तथ्याङ्कले देखाएको छ ।सो क्षेत्रमा कार्यरत सहमति संस्थाले तयार गरेको सो तथ्याङ्कले यति धैरै सङ्ख्यामा जग्गा धनी पूर्जा नभएको देखाएको हो ।
बोटे माझी समुदायका मानिसहरूको जग्गा भू-माफियाहरूले सरकारी कार्यालयका कर्मचारीसँग मिलेर आफ्नो नाममा दर्ता गराउने गरेकाले भूमिहीन बन्दै गएको उनीहरूले बताएका छन् ।सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीले पनि बोटेहरूलाई जग्गाधनी पूर्जा दिन कुनै पहल नगरेको बोटे समुदायको गुनासो रहेको छ ।
आफू बसेको जग्गा पनि आफ्नो नाममा नहुँदा बोटे माझीहरू निकै समस्यामा परेका छन् । माछा मारेर गुजारा चलाउँदै आएका नवलपरासीको नवलपुर, नारायणी नदी छेउछाउमा छाप्रो हालेर बसेका बोटे समुदायलाई उनीहरूको नाममा जग्गा दिलाउन पहल गर्ने बोटे माझी सङ्घ नवलपरासीले जनाएको छ । रासस









0 commentaires