जिउँदैलाई सहिद घोषणा


१६ माघ, काठमाडौं । मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्ने क्रममा भारतमा उपचार गराउन गएका एक व्यक्तिलाई पनि सहिदको सूचीमा राखिएको रहस्य खुलेको छ । गृहमन्त्रालयले सूची सच्चाए पनि मधेसवादी केही दलले भने जिउँदै रहेका जनकपुरका पवनकुमार साहलाई सहिदकै सूचीमा राखेका छन् ।
मधेसवादी दलहरुको सिफारिसमा मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई गृह मन्त्रालयले २०६७ असारमा सहिद घोषणा गरेको थियो । त्यसमा जनकपुरका पवनकुमार नामसमेत थियो सहिद परिवारले पाउने दस लाख रुपैयाँ पवनको परिवारलाई उपलब्ध गराउन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले निर्णयसमेत गरेको थियो ।
तर, दसलाख रुपैयाँ लिन साह परिवार काठमाडौं आएको थियो । क्षतिपूर्ति लिन पवनसमेत सँगै आएका थिए । पवन जिउँदै भएको थाहा भएपछि उनको नाम हटाएर गृहमन्त्रालयले सूची सच्चाएको छ । त्यसअघि मधेस आन्दोलनका २६ औं सहि दभनेर गृहमन्त्रालयको सूचीमा पवनको नाम पनि उल्लेख थियो ।
हाल जनकपुरमा पसल गर्दै आएका पवन मारिएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीले सहिद घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा सिफारिस गरेको थियो । तमलोपाले पवन २१ माघ ०६३ मा जनकपुरमा मारिएको भन्दै सहिद घोषणा गर्न सिफारिस गरेको थियो । नयाँपत्रिका दैनिकबाट


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login