बारा , माघ १५ - पुनर्गठित माओवादीका अध्यक्ष मातृका यादवले आफ्नो दल मानसिक रुपमा हतियार उठाउन तयारी गरिरहेको बताएका छन ।
शनिबार कलैयामा आयोजित पत्रकार भेटघाटमा कुरा गर्दै यादवले दलले जनक्रान्ति र जनसंविधानको लागि यस्तो मानसिकता बनाएको बताए । उनले जनसंविधान नबनेसम्म नेपाली जनताले मुक्ति नपाउने समेत उल्लेख गरे ।
आफ्नो दलले नयाँ जनवादी क्रान्तिको लागि फागुन १ गतेदेखि एक महिने जनजागरण अभियान समेत देशभर थाल्ने यादवले बताए ।
देश लुट्ने तथा विदेशी दलाली गर्नेको कब्जामा संविधानसभा रहेको यादवको भनाई थियो । राजतन्त्रको अन्त्य भए पनि सामन्तवादको अन्त्य नभएको बताउँदै यादवले देश अग्रगमनतिर नलागेको बताए ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires