मुन्द्रेको स्वस्थानी


टेकनारायण भट्टराई, स्याङजा, माघ १६- कलाकार जीतु नेपाल (मुन्द्रे)ले शनिबार स्याङजामा 'स्वस्थानी' वाचन गरे। उनले स्वस्थानीमा भगवानको होइन नेताको महिमा गाए। वालिङ महोत्सवका दर्शकहरू उनका श्रोता बने। मुन्द्रेको इशारामा अध्याय पिच्छे श्रोताले 'जय' भन्थे।
'श्री प्रचण्ड कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्ते माधवमुनि सधैं तपाई मात्रै माथि हुनी अब त पालोमा म पनि त छु नि।' कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले कुर्सीका लागि बिन्ती गरेको भन्दै मुन्द्रेले 'प्रचण्ड अध्याय' सुनाए। दर्शकलाई उनले भने, 'अब फूल चढाउनुस् र अर्को अध्याय सुन्नुस्।'


   'तहाँ उप्रान्त।' उनले अब 'माधव अध्याय' सुरु गरे, 'कुमार प्रचण्ड मुनिको आज्ञा सुनेपछि अगस्ते माधवमुनि आज्ञा गर्नुहुन्छ, 'हे प्रचण्डमुनि अहिल्यै तिमी किन माथि हुनी, अझै त म तगडै छु नि।' प्रधानमन्त्रीले कुर्सीमा मरिहत्ते गरेकोमा उनले व्यंग्य गरे। 'राजीनामा दिएर पनि यत्रो मान सम्मान हुनी लौ भन्नुस् अहिल्यै म किन तल हुनी?'
उनले माओवादीले सत्ता पाउन भारतको शरण पर्नु पर्ने बताए। माधव अध्यायकै निरन्तरतामा भने, 'हे प्रचण्डमुनि अझै केही महिनालाई आशा नगर, पहिले तिमी भारतका शरणमा पर अनि मेरो कुर्सी हर।' उनले त्यसपछि 'झलनाथ अध्याय' थाले, 'माधवमुनिका यस्ता वचन सुनी कुम हल्लाई हल्लाई प्रचण्डमुनि बल्खु दरबारमा पुगी झालन्दर रूपी झलनाथका शरणमा पुगे।'

'उता झालन्दरले पनि आफ्ना ख्वामित आएको देखेर कम्बल बिछ्याइदिए र उल्टै बिलौना गरे मलाई पनि मौका दिनु पर्‍यो मेरो ख्वामित।' उनले थपे, 'यसो भन्दै झालन्दर प्रभुका चरणमा परे।'

उनले 'रामचन्द्र अध्याय'बाट 'स्वस्थानी' बिट मारे। 'सत्रपटक हार खाएका एक्ला वृहस्पति रामचन्द्रको वर्णन हजार जिब्रा भएको शेषनागले गर्न सक्दैनन् म नाथे मुन्द्रेले के गरुँ।'

उनले भजन पनि गाए, 'लौन कृष्ण इमान्दार नेता पठाइदेऊ, देशको विकास नगर्नेलाई डाँडै कटाइदेउ।' उनको भजनमा दर्शक खुबै नाचे।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login