लन्डन, मंसिर १७ (एजेन्सी)- गोप्य अमेरिकी कूटनीतिक दस्तावेज सार्वजनिक गरेर विश्वभर तहल्का मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्जलाई आज बेलायतमा गिरफ्तार गर्न सकिने 'डेली मेल'ले जनाएको छ। स्कटल्यान्ड यार्डका गुप्तचरले जुलियन कहाँ छन् भन्नेबारे पत्ता लगाइसकेको भए पनि इन्टरपोलबाट आवश्यक कागजात कुरिरहेको सो बेलायती पत्रिकाको दावी छ।
बलात्कार र यौन दुर्व्यवहारविरुद्ध स्वीडेनमा परेको मुद्दाअनुसार अन्तर्राष्ट्रिय प्रहरी संस्था इन्टरपोलले उनीविरुद्ध विश्वव्यापी रेड कर्नर नोटिस जारी गरेको थियो।
उनी दक्षिणपूर्वी इंग्ल्यान्डमा भूमिगत रहेको अनुसमान गरिएको छ।
पत्रिकाका अनुसार स्वीडिस अधिकारीहरुले इन्टरपोलको अरेस्ट वारेन्ट गलत रुपमा नभरेका भए हिजै उनलाई हिरासतमा लिइसकिने थियो।
स्कटल्यान्ड यार्डका प्रवक्ताले भने- यदि अन्तर्राष्ट्रिय अरेस्ट वारेन्ट वैधानिक रुपमा जारी गरी हामीलाई दिइयो भने र हामीलाई उनी कहाँ छन् भने पक्कै पनि हामी उनलाई गिरफ्तार गर्नेछौँ।
वारेन्टविरुद्ध जुलियनले गरेको पुनरावेदन स्वीडेनको अदालतले हिजो अस्वीकार गरिसकेको छ।
source: -
nagriknews
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires