सीतापाइला-धार्के, सूर्यविनायक-धुलिखेल बाटो चौडा गर्न साढे ४ अर्ब रुपैयाँ

सुरेन्द्र पौडेल, काठमाडौं, मंसिर १७- सीतापाइला-धार्के सडक निर्माण र सूर्यविनायक-धुलिखेल सडक चौडा गर्न युनाईटेड अरब इमिरेट्स ((युएई)ले नेपाल सरकारलाई झण्डै साढे ४ अर्ब रुपैयाँ (६ करोड २२ लाख ५५ हजार ४ सय ५८ अमेरिकी डलर) अनुदान सहयोग गर्ने भएको छ।


युएईले अबुधाबी विकाष कोषबाट ती दुई सडक निर्माणमा सहयोग गर्ने बचनवद्वता व्यक्त गरेपनि सरकारले प्रस्ताव तयारि गरेको छ। कोषले अन्तिम निर्णयका लागि प्रस्ताव सहित आउन आग्रह गरेपछि सरकारले उक्त रकम सहयोग स्वरुप उपलब्ध गराउन अनुरोध सहितको प्रस्ताव प्रक्रिया अगाडि बढाएको हो।
'सीतापाइला-धार्के र सूर्यविनायक-धुलिखेल सडक बनाउन प्रस्ताव अघि बढाइएको छ,' परराष्ट्र मन्त्रालय स्रोतले नागरिकलाई भन्यो, 'दुईवटा सडकका लागि झण्डै साढे चार अर्ब रुपैयाँ सहयोग गर्न प्रस्तावमा आग्रह गरिएको छ।'

त्रिभुवन राजपथको नौवीसे-कलंकी खण्डको बैकल्पिक मार्गको रुपमा सीतापाईला-धार्के सडक निर्माण गर्न लागिएको हो। सडक विभागले सर्वेक्षण र डिजाइनको काम सकिसकेको उक्त सडकका लागि कोषबाट ३ अव ६५ करोड माग गरिएको छ।

सडक निर्माणका लागि ३ वर्षको अवधि लाग्ने प्रस्तावमा छ। दुई लेन प्रस्ताव गरिएको यस सडक खण्डमा प्रतिघण्टा ६० किलोमिटरका गतीमा सवारी साधन गुड्ने सक्नगरि निर्माण गरिनेछ।

प्रस्तावमा सूर्यविनायकदेखि बनेपासम्मको १६ किलोमिटर चौडा गर्न गर्न ३ र बनेपादेखि धुलिखेलसम्मको ५ किलोमिटर विस्तार गर्न एक वर्षको समयसिमा तोकिएको छ।

सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तारको झण्डै ३५ अर्ब माग गरिएको छ। यो सडक ४ लेन बनेपछि प्रतिघन्टा ८० किलोमिटरको गतिमा सवारी साधन गुड्न सक्ने प्रस्तावमा छ।

यसै वर्ष सुरुमा युएईका लागि नेपाली राजदूत अर्जुनवहादुर थापाले कोषका अध्यक्षलाई भेटी नेपाललाई सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए। युएईका राष्ट्रपतिका भाइ अमिर शेख मन्सुर बिन जायद अल नाह्यान कोषका अध्यक्ष रहेका छन्। कोषका अध्यक्षले प्रस्ताव सहित आए सहयोग सकिने बताए पछि युएई स्थित नेपाली दूतावासले असार १७ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो।

पूर्वाधार विकासमा सहयोग गर्न कोष तत्पर भएपछि परराष्ट्रले अर्थ मन्त्रालयलाई यसबार पत्रचार गरेको थियो। अर्थले भौतिक योजना तथा निर्माण मन्त्रालयलाई कोषले भनेअनुसार प्रस्ताव बनाउन आग्रह गरेपछि भौतिकले यहिता दुई सडक खण्ड निर्माण प्रस्ताव परराष्ट्र पठाएको छ।

'सडक निर्माणको बिस्तृत विवरण सहितको पत्र परराष्ट्र आईपुगेको छ,' परराष्ट्र स्रोतले भन्यो, 'प्रस्ताव छिट्टै युएई स्थित हाम्रो दूतावास मार्फत कोषमा पठाइन्छ।'

युएई सरकारले सन् १९७१ मा विकासोन्मुख देशको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले कोषको स्थापना गरेको थियो। आफ्ना मित्र राष्ट्र तथा विकासोन्मुख देशलाई युएईले यही कोष मार्फत ऋण तथा अनुदान उपलब्ध गराउँदै आएको छ। पूर्वाधार विकास, जलविद्युत, कृषि, यातायात, उद्योग, स्वास्थ्य सेवा, पर्यटन, दूरसञ्चार लगायतका क्षेत्रमा विश्वका ५३ देशमा कोषले एक सय ९९ वटा परियोजना सञ्चालन गरेको छ।
source:- nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login