राजन मुक्ति समूहका केन्द्रीय सदस्य पक्राउ

१७ मंसिर, सर्लाही । जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह)का केन्द्रीय सदस्य निरन्जन चौधरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । सर्लाहीको सुन्दरपुर चौहर्वा पिप्राभिट्टास्थित ससुराली घरमा बस्दै आएका उनलाई प्रहरीले नलकटुवा पेस्तोल र त्यसका गोलीसहित पक्राउ गरेको हो । चौधरी डकैती, हत्या, अपहरणका घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले नलकटुवा पेस्तोल, गोलीलगायत हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । काभ्रे जिल्ला शिशाखानी-८ का पेमा लामा र सिन्धुपाल्चोकको बासवारी-७ का राजु तामाङलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो ।
यसैगरी, तिनथाना गाउँ विकास समिति-९ मा पार्किङ गरी राखेका बसमा तोडफोड गरेको अभियोगमा सिन्धुपाल्चोकका राजु खड्कासहित ६ जनालाई पक्राउ गरिएको छ । अभियुक्तहरुले कान्तिपुर यातायातका बसका दुईवटा गाडीमा गएराति तोडफोड गरेका थिए ।
Source :- Onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login