नाचगानमा झुम्यो कतार


दोहा (कतार)-, मंसिर ५ - 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैं सधैं  नेपाल लेख्न पाइयोस्..' भन्दै गायिका मल्लिका कार्की मञ्चमा देखा परिन् । उनको गीतसँगै मरुभूमिको बन्जरमा काम गरेका कतारका नेपाली श्रमिकहरू स्वदेशको यादमा डुबे ।
'उडीउडी हिँड्छ मन चियाबारीमा...' गीतको बोलमा नायिका करिश्मा मानन्धर नाच्दा दर्शकले इलाम पुगेको अनुभव गरे । लगत्तै 'चोरेर लग्यो यो मन उसैले' भन्दै मौसमी गुरुङ देखा परिन् । नायक दिलीप रायमाझीले भने डान्सर सौजन्य सुब्बालाई 'झिम्काइदेऊ परेली...' भन्दै दर्शकलाई नचाए । मरुभूमिमा तापक्रम घट्दै गरेका बेला यो साता गीत, नृत्य, संगीत र कमेडीको बहारले नेपाली थप तातिए । बक्रइदको तीन दिने छुट्टी र शुक्रबारे बिदाको सदुपयोग गर्दै कतारमा स्थानीय र राष्ट्रिय गरी आधा दर्जन सांस्कृतिक कार्यक्रम लगातार भए ।
बिदाको यो साता कतारमा कार्यरत विभिन्न नेपाली संस्थाले विभिन्न सांस्कृतिक कार्यक्रम गरेका छन् । यही अवसरमा स्याङ्जा र पाल्पाको सीमा क्षेत्रमा पर्ने राम्दीघाटमा निर्माणाधीन वृद्धाश्रमको सहयोग जुटाउन स्याङ्जा सहयोग समाज, कतारले नेपालबाट १० कलाकार बोलाएर 'नेपाली लोकपि्रय साँझ' गर्‍यो । कार्यक्रममा नायिका मानन्धर, नायक रायमाझी, गायिका कार्की र गुरुङसहित चलचित्र, गायन, मोडलिङ तथा हास्यक्षेत्रका गायक नरेन्द्र प्यासी, लोकगायिका सुनिता दुलाल, लोकगायक खुमन अधिकारी, हास्य कलाकार गोपाल नेपाल
-फिस्टे), नायिका सोभिता सिंखडा र बालकलाकार सुजन सुनारले आफ्नो कलामार्फत परदेशिएका नेपाली मजदुरलाई घरको स्वाद दिलाए ।
'बिदाको बेला मनोरञ्जन पनि हुने र वृद्धाश्रमका लागि सहयोग जुटाउन पनि सजिलो हुनाले राष्ट्रिय कलाकार झिकाएर कार्यक्रम गरेका छौं,' स्याङ्जा समाजका अध्यक्ष गुरुनारायण रानाभाटले कान्तिपुरलाई भने । उता नेपाली, मैथिली, भोजपुरी गीतको संगम बनाएर धनुषा सेवा समाजले खुला स्टेडियममा सांस्कृतिक कार्यक्रम पनि यही अवसरमा गर्‍यो । कार्यक्रममा नेपाली मात्र नभई भारतीय कलाकारसमेत आएका थिए । नेपालबाट मोरङका गायक रामा मण्डल, महोत्तरीकी उद्घोषक बन्दनाश्री मैनाली, डान्सर सप्तरीकी डोली सरकार, जनकपुरकी प्रेरणा मिश्र, काठमाडांैकी जेसिका खड्का र सुनिता सहभागी थिए । उनीहरूले साँझ साढे ६ बजेदेखि मध्यरातसम्म लगातार नृत्यबाट दर्शकलाई मनोरञ्जन पस्किएका थिए । बिहारकी गायिका देवीले झन्डै एक दर्जन हिन्दी, मैथिली, भोजपुरी गीत पनि गाइन् ।
गायक विकासकुमार कर्णको 'आज मन उडेर भाग्छ...', 'अकेली बाजार न जाया करो...' लगायतका गीतमा दर्शक झुमेका थिए । गायक रामाले आफ्नो एल्बम 'मेड इन मिथिला' का केही गीत सुनाएका थिए । उद्घोषिका मैनालीले फिल्मी गीतहरू गाउँदै दर्शकलाई समेत नचाइन् । 'आपसी सद्भाव र मनोरञ्जन दिलाउन सांस्कृतिक कार्यक्रम गरेका हौं,' धनुषा समाजका अध्यक्ष मोहरम नदाफले भने ।
राष्ट्रियस्तरमा सांगीतिक कार्यक्रमका साथै स्थानीय विद्यालयलाई सहयोग जुटाउन कास्की आदर्श सेवा समाज र फेवा सांस्कृतिक परिवारले कतारमै श्रमरत कलाकारबाट 'नेपाली सांगीतिक कार्यक्रम' पस्कियो । न्यून आर्थिकस्तरका कलाकारका लागि कोष स्थापना गर्ने भन्दै अन्तर्राष्ट्रिय कलाकार संघ, कतारले चिठ्ठा कार्यक्रमसँगै 'लाइभ धमाका' सांगीतिक कार्यक्रम पनि गर्‍यो ।
यस्तै, मनकामना नेपाली सांस्कृतिक परिवार कतारले आफ्नो तेस्रो प्रस्तुतिको रूपमा स्थानीय कलाकार तथा गैरआवासीय नेपाली ताराका टपटेन कलाकारलाई लिएर दर्शकलाई मनोरञ्जन दिलाएको थियो ।
 source:ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login