१५ महिनापछि अमेरिका छाड्दै खनाल {कला}

सन्तोष रिमाल, काठमाडौं, मंसिर ४- पन्ध्र बर्षदेखि अमेरिकालाई कर्मभूमि बनाएका हिरो सरोज खनालले अबको पन्ध्र महिनापछि सँधैको लागि नेपाल फर्कने निर्णय गरेका छन्। हाल नेपालमा रहेका खनालले विमल पौडेलको फिल्म 'किसान'को पत्रकार भेटघाटमा यस्तो निर्णय सुनाएका हुन्। नेपाल फर्किएपछि निर्देशकले दिने जुनसुकै भूमिकामा आफूले काम गर्ने खनालले बताए।
'अमेरिकी सेनामा जागिरे मेरो छोरो अहिले इराकमा छ। चौध महिनापछि उ अमेरिका फर्किन्छ। त्यसपछि म नेपाल,' खनालले भने। कार्यक्रममा उनले आफूले छोडेको बेला भन्दा नेपाली फिल्मको स्तरमा खासै सुधार नआएको उल्लेख गरे। 'बरु मैले खेलेको प्रेमपिण्डले नेपाली फिल्मको पहिचना बनाउने कोसिस गरेको थियो। त्यसपछिका फिल्म खासै उल्लेखनीय लागेनन्,' फिल्म 'किसान'को गीत हेरेपछि भने केही नौलो बिशेषता भेटेको बताए उनले।
'नेपालमा सबैभन्दा ठुलो संख्या किसानको छ। यो फिल्मले ठुलो जमातको बिषय उठाएको रहेछ,' सरोजले भने। फिल्मको संगीतको समेत तारिफ गरे उनले। 'किसान'का निर्माण संयोजक गणेश भण्डारीले यसमा ग्रामिण वर्गसंघर्षको कथा उठाएको जानकारी दिए। संगीतकार चेतन सापकोटाले 'किसान'का गीत पहिलो पटक कम्पोज गरेको बताए। '१० बर्षअघि नै संगीत तयार पारेपनि द्वन्द्वकालमा फिल्म बनाउन सकिएन,' उनले भने।
माओवादी निटक फिल्मकर्मीले यो फिल्म बनाएका हुन्। निर्देशक विमल पौडेलले दश बर्ष अघिको 'ड्रिम प्रोजेक्ट'को रुपमा यो फिल्मको चर्चा गरे। 'त्यतिबेला बनाउन सकिएन। अहिले कथामा केही संशोधन गरेर निर्माण गरेका छौं,' उनले दाबी गरे,'यो फिल्ममा नेपाली माटोको सुगन्ध भने अवश्य आउँछ।'

यसमा राजेश हमाल, नीर शाह, रमेश बुढाथोकी, गणेश उप्रेती, मौसमी मल्ल, नन्दिता केसी लगायतले अभिनय गरेका छन्। बसन्तकुमार श्रेष्ठ र संजिव प्रधानले फिल्म निर्माण गरेका हुन्।
source:nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login