नियमित यौनसम्बन्धले फाइदा


काठमाडौ, मंसिर ४ - स्वस्थ रूपमा नियममित प्राकृतिक यौनसम्पर्क गर्ने जोडीका लागि खुसीको खबर हुन सक्छ, हालैको एक अनुसन्धानले देखाएको नतिजा ।
इटालीका अनुसन्धानकर्ताहरूले गरेको उक्त अनुसन्धानले नियमित रूपमा यौनसम्पर्क गर्ने पुरुषहरूको शरीरमा रोग प्रतिरोधक क्षमता अभिवृद्धि गराउने देखाएको हो । नियमित र प्राकृतिक रूपमा गरिने यौनसम्पर्कले महिलाको शरीर पनि स्वस्थ रहने अनुसन्धानले पुष्टि गरेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार नियमित यौनले शरीरमा टेस्टोस्टेरोनको मात्रा बढ्छ । यसले रोग प्रतिरोधक क्षमता बढाउनुका साथै मुटुसम्बन्धी रोगसमेत कम गर्छ । प्रायः पुरुषहरू मुटुसम्बन्धी रोगले बढी प्रभावित हुने भएकाले नियमित यौनसंसर्गले महिलाको दाँजोमा उनीहरूलाई तुलनात्मक रूपमा बढी फाइदा पुग्छ । नियमित यौनको सकारात्मक प्रभाव मधुमेहको रोगीमा समेत पर्छ । यौनसम्पर्कले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकोले यसका रोगीलाई समेत राहत मिल्ने अनुसन्धानकर्ताल- जनाएका छन् ।
अनुसन्धानमा संलग्न डा. रोजेलिनका अनुसार नियमित यौनले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै यौनप्रति इमानदार रहनुपर्छ । नत्र त्यसले विपरीत असर पार्न पनि सक्नेतर्फ उनको चेतावनी छ ।
विवाहेत्तर सम्बन्ध राख्ने पुरुष तथा एकभन्दा बढी साथीसँग यौनसंसर्ग गर्ने पुरुषलाई भने कम लाभ हुने अध्ययनमा देखिएको छ । एकभन्दा बढी साथीसँग अन्तरंग सम्बन्ध राख्ने पुरुषमा मानसिक तनाव बढी हुने र हीन भावनाले ग्रसित हुने भएकाले शरीरमा टेस्टोस्टेरोनको उत्पादन कम हुने हुँदा त्यसबाट हुने लाभ कम भएको हो । त्यसो त त्यस्ता व्यक्तिमा विभिन्न यौनरोगको खतराको सम्भावना पनि बढी रहन्छ ।
यौनसम्पर्क पनि बिहानीको समयमा गर्दा ज्यादा फाइदा लिन सकिने बि्रटेनको वेलफास्टको क्विन्स विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएको छ । अनुसन्धानअनुसार बिहानको यौनले व्यक्तिलाई तन्दुरुस्त बनाउनेछ । यसले हृदयाघात, रक्तचाप, वाथ र माइग्रेनलाई नियन्त्रण गर्छ । अनुसन्धानकर्ताहरूका अनुसार बिहानको यौनले ३ सय क्यालोरी खर्च हुन्छ, जसले गर्दा मधुमेहको खतरा समाप्त हुन्छ ।
नियमित यौनसम्बन्धले शुक्रकीटको गुणस्तरमा सुधार हुनुका साथै प्रजनन क्षमतासमेत वृद्घ िहुने अस्ट्रेलियाली वैज्ञानिकद्वारा सन् २००७ मा गरिएको एक अध्ययनले पनि देखाइसकेको
थियो । अध्ययनअनुसार धेरैजसो पुरुषमा हुने शुक्रकीटको डीएनएमा हुने क्षतिलाई नियमित स्वस्थ यौनले हटाउने गर्छ । नियमित यौन रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुनुको साथै मोटोपनालाई समेत कम गर्छ ।    
बि्रटेनमा करिब ३ हजार व्यक्तिमा गरिएको हालैको सर्वेक्षणअनुसार १० मध्ये एक महिला मोटोपनको सिकार हुने गरेको भेटिएको थियो । आफ्नो यौनजीवन रुखो भएको बताउने उनीहरूले वर्षभर यौनसम्पर्क नगरेको पनि खुलाए ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login