सरकारले नगरे पनि जनताले माया गर्छन् {कला}

मोडल नोयो सिंहले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। उनले नेपाली फिल्म 'लक्ष्य'मा पनि खेलेकी थिइन्। पछिल्लोपटक किसन गुरूङको 'देखि सहेनन्' नामक म्युजिक भिडियोमा उनलाई देख्न पाइन्छ।नेपालीले एसियाली खेलकुदमा सोचेअनुसार पदक किन जित्न सकेन जस्तो लाग्छ?
खेलाडीको मूल्याङ्कन पदकले नै हुने हो। तर, एसियाली खेलकुदमा असफल हुनुमा खेलाडीभन्दा पनि सरकारी निकायकै कमजोरी छ। अरू देशमा खेलाडीलाई प्रशिक्षणका विभिन्न सुविधा दिइन्छ। अन्तिम अवस्थामा प्रशिक्षकको व्यवस्था गरेर बेकारमा नाटक देखाइने गरिन्छ। यसले खेलाडीको मानसिकतामा नकारात्मक प्रभाव पर्छ।

कलाकार गोपाल भुटानीको नागरिकता लिने इच्छा पूरा भएन, नेपाली फिल्म कलाकारप्रतिको अवमूल्यन होइन र यो?
खोइ? धेरै काम गरेर पनि पुगेन होला। सायद प्रक्रियामै ढिलासुस्ती भएको हुनसक्छ। नेपालमा कानूनी प्रक्रिया लामो छ। उहाँजस्तो कलाकारले नेपाली फिल्मलाई गर्व गर्न लायक बनाउनु भएको छ। कलाकारलाई सरकारले माया नगरे पनि जनताले त गरिहाल्छन् नि।

अनुराधा कोइराला सीएनएन हिरोमा छानिएको खबर सुनेर कस्तो महसुस भयो?
नेपालीहरूले गर्व गर्नसक्ने व्यक्ति बन्नुभएको छ। यस्तो सौभाग्य थोरै नेपालीले मात्र पाउँछन्। १८ वर्षदेखि बेचिएका चेलीबेटीलाई सहारा दिनुभएको छ। समाजले तिरस्कार गरेका महिलालाई सहारा दिएर माइतीले दिनुपर्ने माया दिनुभएको छ। उहाँलाई कुनै दिन सहयोग गर्ने इच्छा छ मेरो।

मोटरसाइकलको भाउ बढाउनु हुन्थ्यो कि हुँदैनथ्यो?
विदेशमा आधारभूत आवश्यकता मानिने सवारी हाम्रो देशमा भने विलासीको माध्यम भएको छ। पहिलेदेखि नै भारी करले गर्दा गाडी चढ्नु सपना भइरहेको थियो। यसपालि १० प्रतिशत कर बढाउँदा त झन् कठिन भएको छ।

काठमाडौंमा अन्तर्राष्ट्रिय नाटक महोत्सव भइरहेको छ, हेर्न जाने विचार छ कि छैन?
नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय महोत्सव हुनु राम्रो कुरा हो। विडम्बना मैले समय मिलाउन पाएकी छैन। बिहान ९ देखि साँझ ७ बजेसम्म अफिसकै काम हुन्छ। अब चाहिँ फुर्सद मिलाएर जाने विचार गरेकी छु।
source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login