रापुन्जेलमा रमाइन् म्यान्डी का


लस एन्जल्स (एजेन्सी), मंसिर १५ - अमेरिकी अभिनेत्री म्यान्डी मुरको राजकुमारी बन्ने चाहना आखिरमा पूरा भएरै छाड्यो, चाहे त्यो एनिमेसन फिल्ममा स्वर दिएर नै किन नहोस् । उनले पछिल्लो फिल्म 'ट्याङ्गल्ड' मा चर्चित डिस्ने कार्टुन राजकुमारी रापुन्जेलका लागि डब गरेकी छन् ।
गायिकासमेत रहेकी म्यान्डीले एनिमेटेड डिस्ने फेरिटेल फिल्म 'ट्याङ्गल्ड' मा प्रमुख पात्र रापुन्जेलका लागि स्वर दिन पाएर 'बाल्यकालको सपना साकार' भएको बताइन् । 'बाल्यकालमा सबै केटीहरूले डिस्ने राजकुमारी बन्ने सपना देख्छन् । मैले पनि देखेकी थिएँ,' २६ वषर्ीया नायिकाले पिपुल म्यागजिनसँग भनिन्, 'म बच्चा हँुदा 'अलाद्दिन', 'द लिटल मरमेड' र 'ब्युटी एन्ड द बिस्ट' का गीत गाउँदै तिनमा रहेका राजकुमारीजस्तै बन्ने सपना देख्ने गर्थें ।'
'आई वाना बी विद यू...' गायिकाले 'ट्याङ्गल्ड' मा गीत पनि गाएकी छन् । रापुन्जेलको भूमिका मात्र नभई संगीतकार एलान मेन्केनसँग फिल्मका गीत रेकर्ड गर्न पाएकामा पनि उनी मक्ख छिन् । 'एकैचोटि मेरा दुई सपना साकार भए,' उनले मुस्कुराउँदै थपिन् ।
लामो कपाल भएकी राजकुमारीका रूपमा चिनिएकी रापुन्जेलको कथालाई 'ट्याङ्गल्ड' मा टि्वस्ट दिएको म्यान्डीले भेद खोलिन् । जर्मनीको गि्रम ब्रदर्सले संकलन गरेको दन्त्यकथाभन्दा फिल्म केही फरक रहेकोले पनि उनी उत्साहित भएकी हुन् । 'फिल्ममा रापुन्जेल १८औं बर्थ डेको रात आफू थुनिएको टावरबाट निस्केर आफ्नो पि्रन्ससँग एड्भेन्चरमा जान्छे,' उनले कथाको हल्का परिचय दिइन् । त्यसपछि रापुन्जेलले बाँच्नका लागि गरेको संघर्षले दर्शकहरूको मन जित्ने उनलाई लाग्छ । परीकथामा टि्वस्ट दिने चलन एनिमेटेड कमेडी फिल्म 'स्रेक' बाट सुरु भएको हो ।
राजकुमारी बन्ने म्यान्डीको बाल्यकालीन सपना 'ट्याङ्गल्ड' बाट पूरा भए पनि रकर पति रायन एडम्ससँग सँगै गाउने मौका भने उनले पाएकी छैनन् । त्यसैले ६ वटा स्टुडियो एल्बम निकालिसकेकी यी सुन्दरीले आउँदो एल्बमका लागि रायनसँग काम गर्ने योजना रहेको बताइन् । 'डुयट नै गर्छौं भन्ने अझै पक्का भएको छैन, तर मेरो एल्बममा रायनसँग सँगै काम गर्ने ठूलो इच्छा छ,' उनले भनिन् ।
म्यान्डीलाई विशेषगरी निकोलास स्पार्कको उपन्यासमा आधारित रोमान्टिक फिल्म 'अ वाल्क टु रिमेम्बर' का लागि सम्झना गरिन्छ ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login