राष्ट्रपति पुजापाठमा


भरतपुर, मंसिर १४ - राष्ट्रपति डा. रामवरण यादवले मंगलबार नवलपरासीको गैंडाकोटमा रहेको धार्मिक स्थल मौलाकालिका मन्दिरमा पुजापाठ गरेका छन् ।
बिहान १० बजे हेलिकप्टरबाट आएका राष्ट्रपति यादवले समुद्रि सतह भन्दा ५ सय ६२ मिटर उचाईमा रहेको उक्त मन्दिरमा नवनिर्मित हवनकुण्डको उदघाटन गरे । उक्त हवनकुण्ड सर्वसाधारणको आर्थिक सहयोग तथा प्रहरीको श्रमदानबाट निर्माण गरिएको हो । उनले मन्दिर परिसरमा रहेको भगवतीको पूजापाठ पछि शान्तिको कामना गर्दै परेवा उडाएका थिए ।
राष्ट्रपतिसंगै आएका पर्यटन तथा नागरिक उडड्यन मन्त्री शरतसिंह भण्डारीले मन्दिरमा पूजा अर्चना पछि बोल्दै नेपाललाई धार्मिक पर्यटन गन्त्व्यको रुपमा पनि विकास गर्नुपर्ने बताए ।
उनले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको देवघाट, त्रिवेणीधाम र मौलाकालिका क्षेत्रलाई समेटेर ट्रायगंलरको रुपमा विकास गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login