भगवान् श्री सत्य साई बाबाका अनुयायीहरूका लागि नोभेम्बर २३ तारिख महत्त्वपूर्ण दिन हो । साई बाबाको स्पर्शले जीवनमा आमूल रूपान्तरणको अनुभव गराएका भक्तहरूका लागि त यो दिन अझ महत्त्वपूर्ण मानिन्छ ।
बाबाको ८५ औं जन्म दिवस विश्वभरि भक्तिपूर्वक श्रद्दासाथ मनाइँदै छ । उहाँमा त्यस्तो के विशेषता छ ? के कारणले विश्वका अनेक जातजाति, धर्म, सम्प्रदाय, फरक उमेर, लिंग आदिका मानिसले उहाँलाई अगाध श्रद्धा र प्रेम गर्छन् ? किन उहाँ सबैमा अति पि्रय हुनुहुन्छ ? साई बाबाले प्रतिस्थापन गर्नुभएको सत्य साई संगठन विश्वका दुई सय मुलुकमा हजारौं सत्य साई केन्द्रहरू र करोडौं भक्तहरूको सञ्जालका रूपमा फैलिएको छ ।
उहाँको सान्निध्य प्राप्तिबाट जीवनमा आएको रूपान्तरणको अनुभूति र आशीर्वादबाट प्राप्त सफलता नै उहाँप्रतिको श्रद्धा र विश्वासको मूल कारण
हो जसले भगवान् श्री सत्य साई बाबालाई उहाँको शान्त र रमणीय आश्रम प्रशान्ति निलयममा भेट्ने, दर्शन गर्ने, दिव्य प्रवचन सुन्ने अवसर पाएका छन्, उहाँद्वारा सञ्चालित सामाजिक, शैक्षिक र सामुदायिक कार्यहरू नजिकबाट हेरेका छन्, बुझेका छन्, तिनलाई थाहा छ उहाँको आध्यात्मिक प्रवचन पुराणमा मात्र होइन निस्वार्थ सेवामा आधारित छन् । यसकारणले गर्दा उहाँ विश्वमा करोडौं मानिसको अति पि्रय र पूजित हुनुहुन्छ । 'प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू पवित्र छन्' बाबाका यस्ता वाणी केवल वाणीमा मात्र सीमित छैनन्, व्यवहारमा समेत देखिएका छन् । विश्वलाई सामाजिक सेवाको महत्त्व व्यावहारिक रूपमा देखाइदिनुभएको
छ । तसर्थ उहाँ उच्चकोटिको समाजसुधारक हुनुहुन्छ ।
उहाँले प्रतिस्थापन गर्नुभएको पिउने पानी योजनाअन्तर्गत आन्ध्र प्रदेशका ७०० गाउँमा दसौं लाख जनता र चेन्नेईका लाखौं नागरिकले स्वच्छ पिउने पानी निःशुल्क पाइरहेका छन् । उहाँ निःशुल्क
र सबैको पहुँच हुने शिक्षाको पक्षमा हुनुहुन्छ । स्कुल, कलेज र विश्वविद्यालय स्थापना गरी हजारौं विद्यार्थीलाई केजीदेखि पीजी -पोस्ट ग्रेजुएट) सम्म निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाउनुभएको छ । शिक्षा जीवनोपयोगी हुनुपर्ने उहाँको मान्यता छ । हिन्दु संस्कृति र संस्कारको रक्षाका लागि बाबाले प्रतिपादन गर्नुभएको 'बाल विकास' कार्यक्रमले अन्तर्राष्ट्रिय अभियानको स्वरूप ग्रहण गरिसकेको छ । यो कार्यक्रम उत्तरदायी नागरिक र इमानदार नेता पैदा गर्न सफल हुने विश्वास गर्न सकिन्छ ।
बाबाद्वारा प्रतिस्थापित मानव अभ्युदय शिक्षाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । बाबाले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन स्तरीय अस्पतालहरूको स्थापना गरेर लाखौं बिरामीलाई स्वास्थ्य सेवाको व्यवस्था मिलाइदिनुभएको छ ।
भगवान् श्री सत्य साई बाबाका अनुसार स्वच्छ पिउने पानी, स्तरीय शिक्षा र औषधोपचार सुविधा, नागरिकका लागि निःशुल्क र सहज रूपमा उपलब्ध
हुनुपर्छ । सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाजस्ता मानवीय मूल्य हामीमा विद्यमान हुनुपर्छ । हामी यिनै मूल्यहरूद्वारा निर्देशित हुनुपर्छ । यस सन्दर्भमा बाबाका उपदेश व्यावहारिक तथा सर्वव्यापक छन् । भगवान्मा विश्वास राख, जेजे नामले पुकारे पनि मानव मात्रका लागि भगवान् एउटै छन्, सबै धर्मका अलगअलग भगवान् छैनन् । धर्म एउटै छ, त्यो हो- प्रेम । गरिब, रोगी र सेवा आवश्यक भएकालाई निःस्वार्थ सेवा गर, सेवा दिएबापत कुनै पुरस्कार र प्रचारको आशा नगर । मानवसेवा नै माधव सेवा हो । आफ्नो जीवनमा सत्य, धर्म, प्रेम, शान्ति र अहिंसाजस्ता मानवीय मूल्य विकास गर । यी मूल्यलाई एकापसमा फैलाऊ ।
देशभक्त बन । राष्ट्रको कानुनलाई आदर गर । जीवनमा तीनवटा महामन्त्र दैनिक व्यवहारमा उतार- क) ईश्वरप्रति प्रेम गर ख) पाप नगर, ग) नैतिकतामा ध्यान देऊ । सारांशमा बाबाका
उपदेश हुन् 'सबैलाई प्रेम गर, सबैलाई सेवा गर । सधैं मद्दत गर, कहिल्यै
चोट नपुर्याऊ । प्रेम भगवान् हो, भगवान् प्रेम हो, त्यसैले प्रेमसँग बाँच ।' सत्य साई बाबालाई सारांशमा बुझ्दा उहाँ निस्वार्थ प्रेमको नमुना र आनन्दका स्रोत हुनुहुन्छ ।
source:kantipur










0 commentaires