राजेशको लामो कपालमा कैँची


काठमाडौं, मंसिर ६ (नागरिक) - फिल्म 'हात लाग्यो शुन्य'को मुहूर्त कार्यक्रममा अभिनेता राजेश हमाल निर्धारित समयभन्दा झन्डै एक घन्टा ढिलो आए, पुरानै शैलीमा। तर, नयाँ 'लुक्स'का साथ। उनको लामो कपालमा कैंची चलेको थियो। आमाको निधनपछि केही फिल्ममा छोटो कपालमा देखिएका राजेशले फिल्मकै लागि पहिलोपटक कपाल छोट्याएका हुन्। आइतबार राजधानीमा फिल्मकर्मी सामु आफ्नो कपालकै विषयमा गफिँदै थिए उनी।

   'ऐना हेर्दा त झुक्किनु हुन्न नि,' ठट्यौलो मुडमा देखिएका राजेशले 'फुटेज' नखाई जवाफ दिए, 'किसानले धान काटेपछि आफ्नो खेत बिर्सिन्छ र?' कपालले धानेको 'अभिनय खेती'मा उनी परिवर्तन ल्याउन चाहन्थे। 'मैले त कपाल काट्न चाहेकै थिएँ। तर, निर्माताले नै लामो कपाल रुचाए,' आफ्नो कपाललाई किसानको बालीसँग तुलना गर्दै उनले थपे, 'सधैं एउटै बाली लगाउनु पर्छ भन्ने छैन नि। कहिलेकाहीँ नयाँ चीज रोपेर पनि हेर्नुपर्छ। कतै अझै धेरै पो फल्छ कि!'
ओम प्रतीकको फिल्म 'फर्की आऊ'को लागि कपाल काटेका राजेश 'दुलही' र 'हात लाग्यो शुन्य'मा समेत छोटो कपालमै देखिँदैछन्। 'दर्शकले पुरानै रूप खोजे भने फेरि कपाल पालौँला,' दर्शकको रुचि विपरीत जाने चाहना
नभएको बताए उनले।

'हात लाग्यो शुन्य'मा आफ्नो हुलिया मात्र होइन भूमिका समेत फरक रहने दाबी गरे उनले। 'फाट्टफुट्ट कमेडी रोलमा त अभिनय गरेकै हुँ। यो फिल्ममा पूरै कमेडी छ मेरो,' नयाँ भूमिका निर्वाह गर्न मेहनतमा कन्जुस्याइँ नगर्ने बताए उनले।

छिट्टै सुटिङ थालिने बताइएको यो फिल्ममा झरना थापा, किरण केसी, सुशील पोखरेल लगायतका कलाकारले अभिनय गर्नेछन्। दीवाकर मैनालीको स्क्रिप्ट रहेको फिल्ममा लोकचन्द्र थापाको छायांकन, विकास चौधरीको संगीत र रामजनकको फाइट रहने छ। विश्व नेपालको प्रस्तुति रहने फिल्मलाई विजयविक्रम बस्नेतले निर्देशन गर्नेछन्।
source:-nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login