के के हुँदैछ माओवादी विस्तारित बैठकमा ?


भोजराज भाट, पालुङटार, मंसिर ६- माओवादीको विस्तारित बैठकको बन्द सत्र आज बिहान नौ बजेदेखि सुरु भयो। बन्द सत्रको सुरुमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गर्नेछन्। त्यसपछि सुरुमा उपाध्यक्ष मोहन वैद्य र अन्त्यमा अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो विचार राख्‍ने छन्।
१३ वटा भूगोल राज्य समिति, लडाकूका ७ वटा डिभिजनलाई राज्यसमितिसरहको मान्यता दिइएकोले लडाकूका तर्फबाट ७, वाईसीएलको एक, प्रवास ब्युरोको एक, केन्द्रीय ब्युरो राज्य समिति, सांस्कृतिकका तर्फबाट एउटा राज्य समिति, नयाँ प्रवेश गरेकाहरुको एक र छुटपुट एक गरी माओवादीका कूल २६ वटा राज्य समिति छन्।

बन्द सत्रको पहिलो दिन तीन जनै नेताले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेपछि बाँकीका चार दिनमा यी २६ वटै राज्य समितिमा प्रत्येक राज्यसमितिबाट तीन जनाले आफ्नो विचार राख्‍नेछन्।


 यसअघि तीन नेताका प्रतिवेदनलाई प्रत्येक राज्य समितिमा समूह बनाई छलफल गर्ने तयारी भएको थियो। तर यसो गर्दा बहुमत र अल्पमतको कुरा आउने र त्यसबाट पार्टीमा विभाजन हुनसक्ने भन्दै स्थायी समिति र केन्द्रीय समितिको बैठकले समूहगत रुपमा छलफल नगर्ने निर्णय गरेको छ।
त्यसको साटो प्रत्येक राज्य समितिबाट तीनै विचारधारालाई समेट्ने तीन तीन जना प्रतिनिधिले बोल्ने छन्। २६ वटा हलमा चार दिनसम्म यो क्रम चल्नेछ।

१४ हजारभन्दा बढी लडाकू सहभागी-
अरु दल र अन्मिनले आपत्ति जनाए पनि माओवादी विस्तारित बैठकमा १४ हजारभन्दा बढी लडाकु सहभागी छन्। माओवादीका प्रत्येक राज्यसमितिमा उत्तिकै संख्यामा प्रतिनिधि भने छैन। नयाँ राज्यसमितिमा ५० जनाको संख्यामा प्रतिनिधि छन् भने कोचिला राज्यसमितिमा ४ सयभन्दा बढी संख्यामा प्रतिनिधि छन्। त्यसैगरी लडाकुका सात राज्यसमितिमा पनि प्रत्येकमा १०० देखि ३०० को हाराहारीमा प्रतिनिधिहरु छन्।

लडाकूमा अन्यौल-
यसरी तीनै विचारधारालाई समेटेर बोल्दा अरु राज्य समिति सरह लडाकुको राज्य समितिमा कसरी बोल्ने भन्ने बारे अन्यौल छाएको छ। अध्यक्षविरुद्ध लडाकुले बोल्दा त्यसको गलत सन्देश जान सक्ने भनिएकोले लडाकुका ७ राज्यसमितिबाट बोल्ने २१ जनाले तीन वटै विचारधारालाई समेटेर नबोल्न पनि सक्छन्।
बाबुराम भट्टराई र मोहन वैद्य पक्षधरहरुले लडाकुको अनुशासन र चेन अफ कमान्डमा असर नपर्ने गरी विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउन नहुने तर्क गरेका छन्।

अनि आउने छ अन्तिम दस्तावेज-
४ दिनसम्म राज्यसमितिहरुमा भएको छलफलपछि मंसिर ९ गते पाँचौँ दिन समापन समारोह हुनेछ। यो दिन पहिले मोहन वैद्यले त्यसपछि बाबुराम भट्टराईले आफ्नो विचार राख्‍नेछन्। अन्तिममा सबै प्रतिवेदनलाई समेटेर अध्यक्ष दाहालले निचोडपूर्ण दस्तावेज प्रस्तुत गर्नेछन् र त्यही दस्तावेजले नै माओवादीले आगामी दिनमा लिने रणनीति तय गर्नेछ।
सबै फोटोः चन्द्रशेखर कार्की

source:-nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login