बिग्रिएको प्रेम सम्बन्ध खतरनाक{मनोरन्जन}


काठमाडौ, मंसिर ६ - लस एन्जल्स् (एजेन्सी)- भनिन्छ, बिग्रिएको प्रेम सम्बन्धभन्दा खतरनाक केही हुँदैन । यसको उदाहरण मिल्दै छुट्टदै गर्ने हलिउड सेलिब्रेटीहरूले अदालतमा समय-समयमा एक-अर्काको घाँटी थिच्नेसम्मको हर्कतबाट प्रस्ट हुन्छ । पछिल्लो पटक अदालतमा यस्तै घोक्रो थिचाथिच गर्ने जोडीमा नायिका इभा लङ्गोरिया र बास्केटबल खेलाडी टोनी पार्कर परेका छन् ।
सार्वजनिक समारोहहरूमा केही समय अघिसम्म प्रेममा चुर्लुम्मै डुबेको देखिने इभा-टोनीको जोडीले गत शुक्रबारदेखि छुट्टिन कानुनी लडाइँ सुरु गरेका छन् । टोनीले विवाहेत्तर सम्बन्ध राखेको पत्तो पाएपछि 'डेस्पेरेट हाउसवाइभ्स' स्टारले गत बुधबार डिभोर्सको लागि लस एन्जल्सस्थित अदालतमा निवेदन बुझाएकी थिइन् । तर, समस्या तब खडा भयो जब टोनीले पनि शुक्रबार टेक्सासको अदालतमा नायिकाबाट डिभोर्सको लागि निवेदन बुझाए । यसले उनीहरूको डिभोर्स प्रक्रियाको सुरुवातमै समस्या पैदा गरेको छ ।
तीन वर्षअघि धुमधामका साथ विवाह गरेका इभा र टोनीले भिन्न-भिन्न ठाउँमा डिभोर्सको निवेदन दिएकाले डिभोर्ससँगै अर्को युद्ध चल्नेछ । त्यो हो, उनीहरूको डिभोर्स कुन अदालतले गर्ने भनेर । भर्खरै छुट्टिएको यस जोडीको चालढाल देख्दा उनीहरू डिभोर्स गर्ने अदालत र स्थानमा पनि झगडा गर्ने देखिएको स्रोतले बतायो ।
गत साताको सुरुवातसँगै इभा-टोनी डिभोर्सको तयारी गरिरहेको हल्ला चलेको थियो । हल्लालाई कम गर्न उनीहरूका प्रवक्ताले प्रेस विज्ञप्ति
निकाल्दै यो जोडीले डिभोर्स गर्नेबारे सोच्न पनि नसक्ने बताएका थिए । त्यसको पछिल्लो दिन नै ३५ वर्षीया इभाले डिभोर्सका लागि निवेदन दिएकी थिइन् ।
'ओभर माइ डेड बडी' नायिकाले डिभोर्सको लागि लस एन्जल्समा निवेदन दिन लागेकोबारे पहिले नै पत्तो पाएको बताउँदै टोनीले भने, 'अहिले हामी व्यक्तिगत रूपमै समस्याको समाधान गर्न खोजिरहेका छौं ।' पीडादायक समयबाट गुज्रिरहेको बताउँदै उनले दुवैको व्यक्तिगत गोपनीयतालाई सम्मान गरिदिन अनुरोध पनि गरेका थिए । तर, २८ वर्षे खेलाडी आफैंले पनि अर्को अदालतमा डिभोर्स निवेदन बुझाएपछि उनले पत्नीसँग सुल्झाउन खोजेको समस्या थप बल्झिएको छ ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login