होम टिभी र डिस नेपाल गाभिँदै

मर्जरमा कम्तीमा २ अर्व रुपैयाँ -
रामचन्द्र भट्ट, काठमाडौं, मंसिर १३ - ठूलो लगानी गरेर बजारमा जाँदा तत्काल प्रतिफल आउने संभावना नदेखेपछि होम टिभी र डिस नेपालले गाभिने (मर्जर) तयारी गरेका छन्। यसको लागि दुई कम्पनीका लगानीकर्ताहरुका बीच केही चरणको छलफलपछि त्यसको लागि तयारी सुरु गरेका छन्।  


'निकै ठूलो लगानी आवश्यक पर्ने देखियो, त्यसो हुँदा हामी मिलेर जाँदा उपभोक्ताले फाइदा पाउने हुँदा मर्जर सुरु गरेका हौं,' होम टिभीका एक लगानीकर्ताले भने। उनले यसो भनेपनि अहिले बजारमा दुई कम्पनीबीच प्रतिस्पर्धा हुँदा त्यसको फाइदा बिदेशी च्यानल वितरकले बढ्ता उठाउन थालेकोले उनीहरु गाभिने निष्कर्शमा पुगेका हुन्। भारतीय सोनी, स्टार र जी जस्ता च्यानलहरुले दुबै कम्पनीहरुलाई भिडाएर महंगो मूल्य लिन खोजेकाले पनि मर्जरको तयारीमा दुबै कम्पनी लागेका हुन्। 

स्रोतका अनुसार, मर्जर भएर खडा हुन लागेको कम्पनीमा होम टिभी र डिस नेपालले ३०/३० प्रतिशत लगानी हुने सहमति भएको छ। बाँकी ४० प्रतिशत बैदेशिक लगानी ल्याउनेमा दुबै समूहले प्रस्ताव गरेको छ। गैर आवासीय नेपालीको एउटा समूहले डिटिएचमा लगानी गर्न निकै चासो दिइरहेको छ।

लगानीको हिसाबमा अहिले होम टिभीको बढी छ। 'डिस नेपालले लागत घटाउन निकै कम खर्च गरेर सेवा सुरु गरेको छ, त्यसको दाँजोमा होम टिभीको बढी खर्च भैसकेको देखिन्छ,' सञ्चार मन्त्रालयका एक प्राविधिकले भने। 

होम टिभीले तीन महिना अघिदेखि व्यबसायीक प्रशारण थालिसकेको छ। यसको प्रतिस्पर्धी डिस नेपालले गत सातामात्र सञ्चार मन्त्रालयबाट व्यबसायीक प्रशारणको लागि अनुमति पाएको छ। 

अहिले दुबै कम्पनीले प्रयोग गरिरहेको स्याटेलाइट पनि एउटै छ। दुबैले इन्टेलस्याटको स्याटेलाइट प्रयोग गरिरहेका छन्। 

एउटा डिटिएच सेवा प्रदायक कम्पनीले बजारमा आफ्नो सेवा पुर्‍याउन कम्तिमा एक अर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ। मर्जरमा जानुको अर्को कारण हो ठूलो लगानी गरेपनि तत्काल प्रतिफल नदेखिनु। एक अर्ब लगानी गर्दा अरु क्षेत्रमा जस्तो प्रतिफल डिटिएचमा नदेखिनु र अरु थप कम्पनीहरु पनि आउने तयारीमा लागेकोले दुबै एक हुन लागेका हुन्। 

स्रोतका अनुसार शनिबार मर्जर प्रकृयाको लागि बसेको दुबै कम्पनीका लगानीकर्ताहरुबीच ब्राण्ड र कम्पनीको नामको विषयमा सहमति भएको छ। यो बैठकले 'होम टिभी' ब्राण्ड र कम्पनीको नाम भने डिस नेपाल राख्ने सहमति गरेको छ। तर, मर्जरको विषयमा होम टिभीको एउटा समूहले भने त्यति चासो दिएको छैन। 'सम्मानजनक मर्जर नभएमा हामी लगानी फिर्ता लिन पनि सक्छौं,' ती लगानीकर्ताले नागरिकसँग भने। शनिबारको वार्तामा होम टिभीको तर्फबाट ढकालले प्रतिनिधित्व गरेका थिए। 
होम टिभीमा हेम ढकाल, डिबी शेरचन, कृष्ण आचार्य र देबी भट्टचनको लगानी छ। त्यस्तै डिस नेपालमा मिडिया क्षेत्र र बिभिन्न उपभोग्य वस्तुको व्यापारमा लामो समयदेखि सकृय व्यक्तिहरु छन्। 

दुई डिटिएच सेवा प्रदायक गाभिने तयारी गरेपनि प्रशारण नियमावलीमा भने त्यस्तो प्रावधान छैन। 'एउटा कम्पनी कानुनी रुपमा बन्दै हुनुपर्छ, मर्जरको प्रावधान छैन,' सञ्चार मन्त्रालयका उपसचिव अनुप नेपालले भने। एउटा कम्पनीको अस्तित्व समाप्तनै हुने भएकोले ब्राण्ड एउटा र कम्पनीको नाम एउटाको राखेर दुबैको समान हैसियत बनाउने प्रस्ताव गरिएको छ। यसलाई दुबै पक्षले सहमति जनाएकोले मर्जर प्रकृया अघि बढ्ने सहमति भएको हो।

'बीचमा हामीबीच अविश्वास पैदा हुने र धोक दिइएन भएन भने मर्जर ९९ प्रतिशत पक्का भयो,' डिस नेपालका एक लगानीकर्ताले भने। कानुनी रुपमा मर्जरमा जान केही समय लाग्ने भएमा दुबैले अहिलेकै अवस्थामा ग्राहक बढाउने कामलाई भने जारी राख्नेछन्। 

होम टिभीले व्यबसायीक प्रशारण सुरु गरेपछि मात्र ग्राहकलाई बिक्री सुरु गरेको हो। तर आक्रामक बजार रणनीति लिएको डिस नेपालले भने परिक्षण प्रशारणकै क्रममा आफ्नो एन्टेनालाई देशव्यापी रुपमा विक्री गर्न सुरु गरिसकेको छ। 

सञ्चार मन्त्रालयबाट डिटिएच सेवा सुरु गर्न १० वटा कम्पनीले अनुमति पाएका छन्। यी मध्य सुरु गरेका दुई कम्पनीहरु गाभिने सहमति पछि अब अरु कम्पनीहरु आउने तयारीमा लागेका छन्। 

सञ्चार मन्त्रालयबाट डिटिएच सेवा सुरु गर्न १५ लाख रुपैयाँ तिरेर लाइसेन्स लिनुपर्छ। सबै कम्पनीले लाइसेन्स रिन्यू गरेपनि सञ्चार मन्त्रालयले अबको ६ महिनाभित्र सेवा सुरु नगरे लाइसेन्सनै रद्ध हुने जनाएको छ।
source:-nagriknews

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login