
काठमाडौं, मंसिर १२ (नागरिक)- राजधानीमा शनिबार आयोजित एक सौन्दर्य प्रतियोगिताका उत्कृष्ट तीन युवतीलाई उपाधिसहित एयर होस्टेजको जागिर पनि दिइएको छ।
सिजन मिडिया र फ्लाई टेकद्वारा संयुक्त रूपमा आयोजित मिस एअरहोस्टेज प्रतियोगितामा बानेश्वर निवासी कालोज खड्का विजयी भएकी छिन्। च्यानल नेपालसँग आवद्ध उनले ३५ हजार रुपैयाँ, अग्नी एअरमा एयर होस्टेजको जागिर र विभिन्न उपहारसमेत जितेकी छिन्।
प्रतियोगिताकी द्वितीय विजेता फस्ट रनरअप मनीषा गुरुङले पनि २५ हजार रुपैयाँ र गुण एयरको जागिर पाएकी छिन्। त्यस्तै तृतीय विजेता उरूषा श्रेष्ठले १५ हजार रुपैयाँ पुरस्कारसहित अग्नी एयरमा जागिरे बनेकी छिन्।

१८ देखि २४ वर्षका एयर होस्टेज प्रशिक्षण लिएका युवतीहरूले करिब एक महिना प्रतियोगिताको तयारी गरेका थिए। उनीहरूलाई महेन्द्र पुलिस क्लबमा अभ्यास गराइएको थियो। काठमाडौं, ललितपुर ,भक्तपुर, चितवन, बनेपा र भैरहावाबाट २२ प्रतियोगी सहभागी भएका थिए।
रोजिन शाक्यको कोरियोग्राफी रहेको कार्यक्रममा दमयन्ती किरात राई, घनश्याम आचार्य, बबिविक्रम सिंह, आर के शाक्य, सान्त्वना तुलाचन, अन्जली खनाल र सुगारिका केसीको निर्णायक टोलीले विजेता छनोट गरेका थिए।
source:-nagriknews









0 commentaires