अभिनेत्री मनीषा कोईराला पछी करिश्मा कपूरको श्रीमान संग तकरार शुरू भएको छ। करिश्मा धेरै समय देखी आफ्ना श्रीमान संग अलग, मुंबईमा बसिरहेकी छिन्। उनको श्रीमान संजय कपूर न्यूयार्कका एक होटल व्यवसायीकी पूर्व श्रीमतीसंग नजिकिएका छन्। संजय कपूर तथा उक्त महिला दिल्लीका कैयन रात्री भोजहरूमा एक साथ देखिएका थिए। यसबाट उनका साथीहरूले उनीहरूको सम्बन्ध साथीको भन्दा निकै अगाडी पुगिसकेको अनुमान व्यक्त गरेका छन्। यसबाट यिनीहरूको बिवाहित जीवनमा भुर्इचालो आउन थालेको छ।उक्त महिलाको बास्तविक परिचय खुलासा नभएतापनि उनी एक मोडल भएको तथा उनको भारत बाहिर बिहे भएको खबर छ। करिश्मा तथा संजयको बिवाह भारतमा नै सबभन्दा मंहगो बिवाहको रूपमा हेरिएको थियो। २००३ मा करिश्मा कपूर तथा अभिषेक बच्चनको बिवाह नहुने भएपछी यीनीहरूका बिच अचानक बिवाह भएको थियो। संजय कपूरले यस बिवाह भन्दा पहिला आफ्ना पहिलो श्रीमती फैशन डिजाइनर नंदिता महतानीसंग पारपाचुके लिएका थिए।
source:-dainikee









0 commentaires