नेपाली फिल्ममा ज्याकी, डेनी र गुल्शन


स्मृति ढुंगाना, काठमाडौं, मंसिर ५- बलिउडका कलाकार ज्याकी श्राफ, डेनी डेङजोङ्पा र गुल्शन ग्रोभरले एकसाथ नेपाली फिल्म खेल्ने भएका छन्। आफूले समेत अभिनय गर्ने उक्त फिल्मको नाम भने तय नभएको जानकारी अभिनेत्री मनीषा कोइरालाले दिएकी छिन्।
'गुल्शन नेपालमा लगानी गर्न इच्छुक छन्,' सम्भावित लगानीकर्ताको समेत संकेत गर्दै अभिनेत्री मनीषाले शनिबार नागरिकलाई भनिन्। भर्खर बलिउडका दुई फिल्म सिध्याएकी मनीषाका अनुसार अहिले उनी त्यही नेपाली फिल्मको स्क्रिप्टमा व्यस्त छिन्। आगामी माघ र फागुन महिनाताका काठमाडौं र पोखरामा यसको सुटिङ हुने उनले बताइन्।


   फिल्ममा अंग्रेजी सबटाइटल रहने छ। नेपाली जनजीवनमा आधारित रहने फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवका निम्ति तयार पारिने दावी समेत उनले दिइन्। 'कुनै पनि फिल्म राम्रो हुन स्क्रिप्टले मूख्य भूमिका खेल्छ,' उनले भनिन्, 'पैसा र निर्देशकको सिर्जनात्मक सीप त्यसपछि मात्रै जरुरी पर्ने हो।'

नेपाली फिल्ममा अभिनेता राजेश हमालको काम गराइबाट आफू प्रभावित भएको पनि उनले खुलाइन्।


आफ्ना पुराना बलिउडका सहकर्मीले नेपाली फिल्म खेल्ने कुराले मनिषा खुसी छिन्। 'नेपालभित्रै फिल्मको बजार सानो छ,' उनले थपिन्, 'तर मेरो फिल्मले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने छ।'


अभिनेता ज्याकीले आफूसँग धेरै पहिलेदेखि नेपाली फिल्म खेल्ने इच्छा व्यक्त गरे पनि आफूले केही गर्न नसकेको उनले बताइन्। 'मेरो बिहेका बेला गुल्शन पहिलोपटक नेपाल आएको र त्यसैबेला यो ठाउँसँग प्रभावित भएर इच्छा व्यक्त गरेको होला भन्ने मलाई लाग्छ,' उनले अगाडि भनिन्, 'यी पुराना साथीसँग त्यो पनि नेपाली फिल्ममा काम गर्नेछु भनेर मैले सोचेकी पनि थिइनँ।'


मनीषाका अनुसार यसमा केही नेपाली कलाकार समेत समेट्ने योजना छ। तर, अझैसम्म नेपाली कलाकारको सूची तयार भइसकेको छैन। कुराकानीको क्रममा मनीषाले भर्खरै मुम्बई पुगेर गरेको कामको चर्चा पनि गरिन्। अभिनेता श्यामाप्रसादको फिल्म 'इलेक्ट्रा'मा नेसनल अवार्ड विजेता प्रकाश राजसँग काम गरेको उनले जानकारी दिइन्। यो फिल्म ग्रिक नाटकमा आधारित रहेको उनले बताइन्।

धेरै तामिल फिल्म खेलिसकेकी मनीषाको यो पहिलो मलयालम फिल्म हो। उनको अर्को फिल्म 'दो पैसे की धूप, चार आने की वारिसेँ'को निर्देशन अभिनेत्री दीप्ति नवलले गरेकी हुन्। पहिला माधुरी दीक्षितलाई लिने कुरा भए पनि पछि उनलाई फिल्ममा लिइएको हो। साथीको फिल्म भएकोले उनालाई यसमा काम गर्दा रमाइलो लागेको रहेछ। यसमा उनलाई रञ्जित कपुरले साथ दिएका छन्। 'यो फिल्ममा काम गर्नु भनेको राम्रो फिल्म छनोट गर्नु सरह हो। मेरो निकट साथी दीप्तिसँगै काम गर्नु त सपना पूरा भएझैँ लाग्दैछ,' उनले भनिन्।
source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login