भारतीय सुरक्षाकर्मीको कुटाइबाट एक नेपाली सख्त घाइते


रौतहट, मंसिर १२ - भारतिय सिमा सुरक्षा बलका जवानहरुको कुटाइबाट आइतबार बिहान एक नेपाली सख्त घाइते भएको छ । खेतमा काम गर्न गएका ति नेपाली भारतिय सुरक्षाकर्मिको कुटपिटबाट घाइते भएको हो । केहि दिन यता रौतहटको सिमा क्षेत्रमा भारतिय सुरक्षाबले नेपली माथि दर्ुर्ब्यबहार गर्दै आएको छ ।
 जिल्लाको बन्जरहा गाविस-७ मदनप्रसाद चन्द्रवंशीलाई भारतिय सिमा सुरक्षाबलका जवानहरुले कुटपिट गरी र्घाईते बनाएको हो । सिमा स“ग जोडिएको आफ्नो खेतमा बिहान गहुको बिउ र्छन गएका चन्द्रबशीलाई भारतको हिरापुर बेश क्याम्पका सुरक्षा बलका जवानहरुले अनाहक पक्रेर निर्घर्ााकुटपिट गरेको स्थानियबासीले बताएका छन ।
कुटपिटबाट उनको देबे्र खुट्टा भाचिएको गौर अस्पतालले जनाएको छ । र्घाईते चन्द्रबशीलाई गौर अस्पतालमा उपचार नभए पछि थप उपचारको लागी बाहिर पठाएको प्रहरीले जनाएको छ । एक बर्षअघि सरमुझवा गाबिसका मोकलराय यादबको भारतिय सिमा सुरक्षाबलको कुर्टाईबाट मृत्यु भएको थियो ।  कुटपिटको घट्ना पछि प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टर्राईले भारतिय सुरक्षाअधिकारीहरु स“ग तत्कालै कुरा गर्ने जानकारी दिए । अनाहक नेपालीमा माथि कुटपिट भएकोले बास्तबिक छानबिन गर्ने प्रजिअ भट्टर्राईले बताए ।
घट्ना प्रति प्रशासनले दुख ब्यक्त गर्दै र्घाईतेको उचित उपचारमा चासो देखाएको छ । एसएसबीका जवानले नियन्त्रण्मा लिई बुट, बन्दुकको कुन्दा र लाठीले चन्द्रबशी माथि प्रहार गरेकाले उनको खुट्टामा गम्भिर चोट लागेको हो । भारतीय सुरक्षाकर्मीले चन्द्रबशीलाई नियन्त्रणमा लिई कुटपिट गर्दा बन्जाराहाका स्थानीयबासीले प्रतिकारको प्रयास समेत गरे पछि जवानहरु पारी भागेको थियो । घट्नो बिरोध जनाउदै र्घाईतेमा आफन्त र स्थानियबासीले एसएसबीको ज्यादतीको बिरोधमा केहि बेर नाराबाजी समेत गरेका छन । केहि महिना यता गौर-बैरगनिया नाकामा तैनाथ भारतिय सिमा सुरक्षाबलका जवानले स्थानियबासीलाई समान ल्याउन रोक लगाउदै दर्ुर्ब्यबहार गर्दै आएको थियो ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login