मोबाइलमा सेभ भएका नम्बर जोगाउने तरिका

न्युयोर्क - मोबाइल सेट परिवर्तन गर्ने तयारी गर्दा आफूले 'सेभ' गरेका थुप्रै नम्बरहरु कसरी जोगाउने भन्ने चिन्ता सबैमा हुने गर्छ। मोबाइल हराउँदा मोबाइलभन्दा त्यसमा रहेका नम्बरहरुको मूल्य बढी लाग्ने गर्छ। मोबाइलका नम्बर कसरी जोगाउने त ? मोबाइलमा 'सेभ' गरिएका नम्बरहरुलाई 'व्याकअप'मा राख्‍नु सबैभन्दा राम्रो उपाय हो। जिमेल अकाउन्टमा ब्याकअप राख्‍ने हो भने तपाँईको सेट हराउँदा नम्बर हराएको चिन्ता थपिने छैन।


जीमेल छैन भने साइन अप गर्नुस्। र तपाँईको मोबाइल फोनमा जीपीआरएस 'एक्टिभेट' गर्नुस्। अब तपाँईको एड्रेस बुक सुरक्षित राख्‍ने आधार तयार भयो।

त्यसपछि गुगल.कम/मोबाइल/सिन्क मा लगइन गर्नुस्। गुगलले तह तहमा तपाँईलाई मोबाइल सेट अनुसारको पूरा गर्नुपर्ने प्रकृयाको जानकारी दिन्छ। यो सुविधा आइफोन, व्ल्याकवेरी देखि नोकिया तथा विन्डोज मोबाइल लगायतकामा पनि उपलव्ध छ।

जव तपाँईले नयाँ मोबाइल लिनु भयो भने जिमेलको त्यही अकाउन्टबाट मोबाइलमा नम्बर सेभ गर्न सकिन्छ। एन्ड्रोइड रहेको मोबाइलमा यो अझ सहज हुन्छ।
एन्ड्रोइड फोन छ भने जिमेलसँग सिंक्रोनाइज हुनासाथ सोझै मोबाइलमा तपाँईले राखेका नम्बरहरु सेभ हुनेछन्।
source:nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login