स्वामी रामदेव विराटनगर आउँदै


विराटनगर, मंसिर ३ - योगगुरु स्वामी रामदेव र आयुर्वेदविद् आचार्य बालकृष्ण यही मङ्सिर २३ गते बिहीबार विराटनगर आउने कार्यक्रम रहेको छ ।
विराटनगरमा हुन गइरहेको विराट प्राण योग विज्ञान शिविर उद्घाटन र त्यसपछि हुने पतञ्जली योग समिति नेपालको राष्ट्रिय कार्यकारी बैठकलाई सम्बोधन गर्न स्वामी रामदेव र आचार्य बालकृष्ण आउनुहुने पतञ्जली योग समिति मोरङका महासचिव कैलाश रेग्मीले राससलाई बताउनुभएको छ ।
त्यसका लागि विराटनगरमा आवश्यक जानकारी दिन र योग शिविर तयारीका लागि विराटनगरमा मोरङका योग शिक्षकहरुको भेला सम्पन्न भएको छ । भेलामा पतञ्जली योग समिति नेपालका राष्ट्रिय प्रभारी लवदेव मिश्रले नेपालमा २५ हजार योग शिक्षक तयार भइसकेको जानकारी दिनुभयो ।
योग शिक्षक भेलामा नेपालका ६९ शाखाका जिल्ला प्रभारी तथा महिला प्रभारीलाई विराटनगरमा स्वामी रामदेवले सम्बोधन गर्ने कार्यक्रम तय भएको मिश्रले जानकारी दिनुभयो । भेलामा महिला राष्ट्रिय प्रभारी हेमा ढुङ्गानाले विराटनगरमा योगपिठ बनाउने लक्ष्य सहित काम अघि बढाइएको जानकारी दिनु भएको छ । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login