काठमाडौं, मंसिर ३ - काठमाडौं जिल्ला अदालतले जुविलियन्ट कलेजकी छात्रा ख्याती श्रेष्ठ हत्याका मुख्य अभियुक्त वीरेन श्रेष्ठलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ ।ख्याती हत्याका अभियुक्त श्रेष्ठलाई कर्तव्य ज्यान मुद्दामा दोषि ठहर गर्दै दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले श्रेष्ठलाई अपहरण गरेको, दुई जना मिलेर अपहरण गरेको र महिलालाई अपहरण गरेको गरी तीन शीर्षकमा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
राजधानीको पुतलीसडकबाट ०६६ जेठ २२ गते अपहरित ख्यातीलाई वीरेनले सहयोगी मेरिना शाक्यको सहयोगमा सोही दिन हत्या गरेका थिए । हत्या गरिएकी ख्यातीका शवका टुक्राहरु काठमाडौं, ललितपुर र चितवनमा फेला परेका थिए ।
source:-ekantipur









0 commentaires