कतार , मंसिर ७ -
दोहाबाट निकै टाढा न्यु सहलियामा नयाँ टावर र भवन उभिँदै छन् । बिजुली-पानी, पिच बाटो नपुगेको यहीँको एउटा भिल्लामा बस्छन्- एक नेपाली कवि ।
खाडीमा नाथुर अर्थात् चौकीदार हैसियतमा बसेका ४६ वर्षे बद्रीप्रसाद पराजुली कतारमा चल्तीका कवि भनेर चिनिन्छन् । नवोदित साहित्यिक मोबाइल पुस्तकालयका अध्यक्षसमेत रहेका यी कवि दिनभर भवन निर्माणमा आएका श्रमिकलाई पानी/चिया गर्छन्, फुर्सद भयो भने मसला -सिमेन्ट) मुछ्नुपर्ने हुन्छ । बेलुकी उनको कविकर्म सुरु हुन्छः
मेरो आफ्नै जिउँदो लाश देखेँ दोहामा
ज्यानको हड्डी छाला पनि देखें दोहामा
कहिले म डोजरले मर्छु किचेर
आर्यघाटको तिर्सना 'नि मेटें दोहामा...
सुख्खा साढे ७ सय -१५ हजार रुपैयाँ) तलबमा यी कवि नेपालमा २ छोरा र २ छोरीको पढाइका लागि मरुभूमिमा निकै फारु बन्ने गरेका रहेछन् । नाथुरले रुँग्ने अधिकांश भवनमा बिजुली नहुने हुनाले अँध्यारैमा कविता लेख्ने र जुनेली रातमा भवनको छतमा उभिएर मनको बह उतार्ने स्वभाव उनमा हुर्केको छ । 'मलाई जूनको उज्यालो प्यारो लाग्छ, भर्खरै निस्केको खण्डकाव्य जूनकै भरमा लेखेको हुँ,' पराजुलीले भने । उनको हालै प्रकाशित 'टुहुरो बस्तीको कथा' खण्डकाव्यमा अँध्यारो कुनोमा बसेर एउटा कविले आफ्नो कविता-मुडलाई बोलाइरहेको ७० पेज लामो पद्यकथा छ । उनका यसअघि 'रगतको उपहार' -कवितासंग्रह), 'खगेन्द्र' -लघु शोककाव्य), 'मरुभूमिको साहित्य यात्रा' -संयुक्त गजल संग्रह) प्रकाशित छन् ।
भोजपुरको चरम्बी गाउँमा जन्मेहुर्केका पराजुली एसएलसीपछि जागिरको खोजीमा २५ वर्षअघि तराई झरे । विराटनगरको मोरङ सुगर मिल, सर्लाहीको इन्दुशंकर चिनी मिल हुँदै नवलपरासीको लुम्बिनी सुगर मिलमा २०६० सम्म काम गरेपछि अझ उज्यालो भविष्य खोज्दै उनी मरुभूमिमा अवतरण भए । 'तर यता छिरेदेखि जूनकै उज्यालो मात्रै भेटिएको छ,' उनले सुनाए । नाथुर काममा उनले अलहिलाल, ओक्रा, मुर्रालगायतका स्थानमा धेरै वटा निर्माणाधीन भवनमा चौकीदारी गरिसकेका छन् ।
विराटनगर-४ मा बस्ने घरपरिवार उनले मरुभूमिबाट पठाउने आयस्ताको भरमा छन् । 'उता भैंसी लैनो भएका बेला दूध बेचेर पनि गुजारा गरिरहेका हुन्छन्,' उनले भने, 'अब यो मरुभूमिमा नाथुर बन्ने रहर मरिसकेको छ ।' कतारमा न गर्मी न जाडोको मौसम रहेको हिजोआजका रातमा उनी बनिँदै गरेको भवनको आँगनमा प्लाइबोर्डमाथि मस्त सुत्छन् ।
मरुभूमिको तातोले उखुमै पोलेका बेला अथवा नेपाली नियतिमा निसासिएका बेला यी कवि भोजपुरको चरम्बी गाउँ सम्झन्छन् । 'मजस्तै अयोग्य र अशिक्षितले रोजगारीमा परदेश नआए हुन्छ,' उनी उपदेशक बने, 'फेरि यता आएर आफ्नो कामकाज छाड्दै राजनीति गर्नुको पनि कुनै तुक छैन ।' रात परेपछि अँध्यारो वा जूनको उज्यालोमा कविता लेख्ने बानी भएझैं यी कविलाई यो रेगिस्तानमा ५० डिग्री हाराहारीको तातो पनि सामान्य लाग्न थालेको छ । यो हपहपीमा पनि उनी लेखिरहेका हुन्छन्ः
तपस्या गर्दै छु पञ्चाग्नि तापेर, मृत्युको त परवाहै छैन मलाई
सुतेको सुत्यै वा लडेर, किचेर, जे जसरी मरे पनि बौरन्छु म...
source:-kantipur

0 commentaires