मेलवर्न - अस्ट्रेलियामा गरिएको एक सर्वेक्षणले फेसबुक अपडेट गर्न नपाए युवतीहरु तनावमा रहने देखाएको छ जवकी युवाहरु यसलाई सहज लिन्छन्। ४ सय २० अस्ट्रेलियनसँग गरिएको सर्वेक्षणमा ६९ प्रतिशत युवतीले फेसबुक अपडेट गर्न नपाए तनाव हुने स्विकारेका छन्।
तर ३९ प्रतिशत पुरुषलेमात्रै यस्तो तनाव हुने बताएका छन्।
ग्यालेक्सी रिसर्चले गरेको 'दी सेन्भिस चिल पिल सर्भे'ले सोसल नेटवर्किङले यसका प्रयोगकर्तामा तनावको मात्रा बढाएको देखिएको छ।
६३ प्रतिशतले सोसल नेटवर्किङ साइटका कारण तनावको मात्रा बढ्ने स्विकारेका छन्।
'युनिक स्टाटस बनाउन र त्यसमा मानिसहरुले लाइक गरेको पाउनु खुशीको कुरा हो यसले केही तनाव त दिन्छ नि,' ला टर्वो युनिभर्सिटीमा कानुनको विद्यार्थी रहेकी निकिता भेनविलेले भनिन्। फेसबुक निरन्तर हेर्न पाइएन भने झन तनावमा रहने उनले बताइन्।
source:-
nagriknews
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires