काठमाडौ १४ मंसिर पहिले बलिउडमा सबभन्दा राम्रा मित्रहरूको रूपमा शाहरूख खान तथा फराह खानको जोड़ी सबभन्दा अगाडी रहेको थियो। तर फराहले चलचित्र 'तीस मार खां' मा शाहरूखको सट्टा अक्षय कुमारलार्इ लिए पछी यीनीहरूको मित्रतामा ग्रहण लागेको थियो।
अहिले यस मित्रता दुश्मनीमा पुगिसकेको खबर छ। शाहरूखले यसको बदला लिनका लागि चलचित्र 'तीस मार खां' प्रदर्शन हुने दिन इरोस इन्टरनेशनलको चलचित्र 'टुनपूर का सुपर हीरो' को पनि प्रदर्शन गर्न लगाउने भएको छ। पहिला यस चलचित्र १७ दिसंम्बरमा प्रदर्शन हुने तयारी गरेको थियो तर अहिले यी दुबै चलचित्र २४ दिसंम्बरका दिन प्रदर्शन हुने भएको छ। यस चलचित्रमा बिभिन्न कार्टुनहरूका साथ अजय देवगन तथा काजोले अभिनय गरेका छन्। अब यस झगड़ाले यी दुर्इ मध्ये एक चलचित्रलार्इ नोक्सानी पक्का हुने भएतापनि कुनलार्इ क्षती हुने हो सो भने हेर्न बाँकी नै छ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.