दरबार हत्याकाण्ड नाटकमा {मनोरन्जन}


कोपनहेगन (डेनमार्क), मंसिर ८ - युवराज दीपेन्द्र र उनकी प्रेमिका भनिएकी देवयानीबीच प्रेमालाप भइरहेको थियो । यी दुईबीचको प्रेम रानी ऐश्वर्यालाई चित्त बुझ्दैन । उनी देवयानी त्याग्न दीपेन्द्रलाई आग्रह गर्छिन् । त्यसलाई अस्वीकार गर्दै दीपेन्द्रले भन्छन्, 'म उनलाई माया गर्छु र उनीसँगै बिहे गर्छु ।' यत्तिकैमा देवयानी बाहिरिन्छिन् । अर्कोतिर दरबारमा सौहार्दपूर्ण वातावरणमा राजपरिवारको जमघट भइरहेको छ । राजा वीरेन्द्र, ऐश्वर्या, दीपेन्द्र, नीराजन, श्रुति, पारसलगायत त्यहाँ छन् । त्यहाँ दीपेन्द्र र देवयानीको विवाह हुन नसक्ने कुरा हुन्छ । यसबाट निराश दीपेन्द्र भित्रबाहिर गरिरहन्छन् । त्यसपछि के भयो, त्यो इतिहासमा अंकित छ ।
नेपाली दरबारको यो विध्वंसक विगत कोपनहेगनमा शनिबार मञ्चन गरियो । 'जुन फस्ट २००१' मेलो ड्रामालाई मञ्चमा प्रस्तुत गरेका थिए कमेडिया अन्तर्राष्ट्रिय नाट्य विद्यालयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत सात देशका रंगकर्मीले । ११ कलाकारको अभिनय हेर्न विभिन्न देशका करिब तीन सय दर्शक जुटेका थिए ।   
देवयानीको भूमिकामा डेनमार्ककी क्याटि्रना प्रेमी थिइन् भने कोलम्बियाका आरोन स्याम्चेस दीपेन्द्र बनेका थिए । पारसलाई घिमिरे युवराजले जीवन्त तुल्याएका थिए । आइसल्यान्डकी हाप्ला रातो साडीमा सजिएर ऐश्वर्या बनेकी थिइन् । पोर्चुगलकी सिसेलिया, आइसल्यान्डकै योन माग्नेस, डेनमार्कका थोमससमेत नेपाली कथामा उत्रेका थिए ।   
'तीन महिनाको रिहर्सल थियो,' युवराजले भने  । आफ्नो देशको ठूलो सत्य घटनाबारे नाटक प्रदर्शन गर्नुपर्ने कमेडियाको प्रचलनअनुसार आफूले दरबार हत्याकाण्डलाई रोजेको उनले बताए ।  
 source:ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login