सर्लाही हरिऔनमा सञ्चालित आधारभूत चलचित्र कलाकार तालिमको समापन {कला}

सर्लाही , मंसिर ८  -
ठूलो पर्दामा जुनसुकै हिसाबले योगदान दिन चाहने दर्जनौं युवायुवतीको उत्साहलाई नेपाली फिल्मका 'कान्छा निर्देशक' श्याम भट्टराईले निराश पारेनन् ।

'१३ वर्षअघि कला क्षेत्रमा आफन्त नभएको मैले काठमाडौं गएर कठिन संघर्ष गरेँ,' सञ्चार संगमद्वारा हरिऔनमा सञ्चालित आधारभूत चलचित्र कलाकार तालिमको समापनमा मंगलबार उनले भने, 'अहिले तपाईंहरूलाई सहयोग गर्न सक्ने अवस्थामा छु, यहाँबाट उत्पादन भएका सक्षम कलाकारलाई सहयोग गर्छु ।'

सर्लाहीबाटै उदाएका निखिल उप्रेती, जल शाह, सारंगा श्रेष्ठ, विक्रान्त बस्नेत, नारद खतिवडा, नागेन्द्र रिजालजस्ता कलाकारको उदाहरण दिँदै निर्देशक भट्टराईले भने, 'दसैंमा घर आउँदा बारम्बार सम्मान पाएपछि आफ्नो गाउँठाउँलाई केही दिन सकिन्छ कि भनेर यो तालिम सञ्चालन गरेको हुँ ।' सातदिने तालिममा भट्टराई स्वयंले प्रशिक्षण दिएका थिए । उनले गृहजिल्लामा मात्रै एउटा पूरै फिल्म छायांकन गर्ने योजना पनि सुनाए ।

निर्माता छवि ओझाले आफ्ना आउँदा फिल्ममा कम्तीमा दुई प्रशिक्षार्थीलाई खेलाउने प्रतिबद्धता जनाए । कार्यक्रममा सर्लाही घर भएका नवनायक मुकेश आचार्य पनि थिए ।

source:ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login