'बच्चा पाउने बेला मेरो ४१, बच्चाको २ किलो तौल थियो'


अञ्जु पन्त, गायिका- १. दाजुबहिनी कति जना ?
जम्मा ६ जना थियौं। एक दाजुको निधन भइसक्यो । त्यसैले हाल २ दाजु, २ दिदी र म गरी ५ जना छौं। मचाहिँ सबैभन्दा कान्छी छोरी हुँ।


 २. कतिवटा एल्बम निकाल्नुभयो?
मैले एकल एल्बम दुइटामात्र निकालेकी छु। काम चाहिँ ७ सयभन्दा बढी एल्बममा गरिसकेकी छु। फिल्मकै झन्डै ४ सय गीत गाएकी छु। फिल्मी गीतले नै श्रोतामाझ परिचय दिलाएको हो। अब केही फरक गीत गाउने इच्छा छ।
३. कति घन्टा सुत्नुहुन्छ?
साधारणतया ६ घन्टा निदाउँछु। कहिलेकाहीँ धेरथोर पनि हुनसक्छ। बिहान सबेरै उठ्न सके शरीर दिउँसोभर फ्रेस हुन्छ। त्यसैले चाँडै उठ्ने गर्छु। जाडोमा चाहिँ ओछ्यान छाड्न मन लाग्दैन।

४. स्कुलमा कतिपटक फेल हुनुभयो?
स्कुले जीवनमा कहिल्यै फेल भएको छैन। म जहिले पनि फस्ट वा सेकेन्ड हुने विद्यार्थी थिए। अझ गणित मेरो मन पर्ने विषय थियो। कहिलेकाहीँ थोरै नम्बर आउँदा नरमाइलो लाग्थ्यो।

५. दिनमा कति कप चिया?
आजकल ६ कप कालो चिया नभई हुन्न। गर्मीमा पनि तीन पटक पिउँछु। जाडोमा मसरूम सुप र कालो चियाको लत लाग्दो रहेछ।

६. शरीरको तौल कति?
करिब तीन महिनाअघि ४२ केजी थिएँ। जाडोमा केही मोटाएको अनुभव गरेकी छु। सबैभन्दा बढी तौल भनेको बच्चा पाउँदा थियो होला। मेरो तौल ४१ र बच्चाको २ केजी थियो।

७. दिनमा कति मिनेट पैदल हिँड्नुहुन्छ?
लगभग एक घन्टा हिँड्छु। बिहान वाककै बहानामा कहिले पशुपति त कहिले स्वयम्भु हिँडेरै जान्छु। धुम्बाराही वरपर पनि धेरै हिँड्छु।

८. हरेक दिन फोनमा लगभग कति घन्टा बित्छ?
धेरै काम फोनबाटै हुने हुदा लगभग पाँच घन्टा त सामान्य नै हो। फोन भएन भने मैले कामको समय मिलाउन गाह्रो पर्छ।

१०. लक्की नम्बर कुन हो?
म नम्बरमा विश्वास गर्छु। ५ र ६ मेरा लक्की नम्बर हुन्। यो दुवै नम्बर ज्योतिषीले जुराइदिएका हुन्। शुभकार्य गर्दा यसै दिनमा गर्ने गरेकी छु।
source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login