आजदेखि प्रदर्शन; भोक हड्ताल पनि गर्ने चेतावनी- खगेन्द्र अधिकारी, ताप्लेजुङ, मङ्सिर २६- माग पूरा गर्न सरकारले उदासीन भको भन्दै आइतबारदेखि पूर्वका नौ जिल्लामा अनिश्चितकालीन आम हड्ताल थालेको संघीय लिम्वुवान राज्य परिषद् सन्जुहाङ पालुङवा पक्षले आजदेखि जिल्ला-जिल्लामा प्रदर्शन गर्ने भएको छ। आम हड्तालका कारण पूर्वका ९ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, तेह्रथुम, धनकुटा र संखुवासभाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण यी जिल्लाहरुमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार, पसल, शैक्षिक संस्था, कलकारखानासमेत ठप्प छन्। राज्य पुनर्संरचना आयोगमा संघीय लिम्बुवान राज्य परिषद्को प्रतिनिधित्व हुनुपर्ने एक सूत्रीय माग गर्दै आन्दोलनमा उत्रेको परिषद्ले यसबारे सरकार गम्भीर नभए आम हड्ताल कायम राखेर भोक हड्तालमा उत्रने चेतावनी दिएको छ। संघीय लिम्वुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवाले जिल्ला-जिल्लामा गरेको बिचार बिमर्शबाट सरकारबिरुद् मुद्दा हाल्ने योजना स्थगन गर्न सुझाव आए अनुसार सो बिषय विचाराधीन राख्दा पनि माग पूरा गर्न सरकारले चासो नदेखाएकोले आन्दोलनका कार्यक्रममा कुनै परिवर्तन नआएको बताए। परिषद् र सरकारबीच २०६४ साल चैत ६ गते भएको ५ बुँदे सहमतिको बुँदा ३ मा राज्य पुनर्संरचना आयोग गठन गर्दा परिषद्को प्रतिनिधित्व अनिवार्य गर्ने उल्लेख छ। सोही बुँदा कार्यान्वयन नभएको भन्दै परिषद्ले सरकारबिरुद्ध गत २१ गते सर्बोच्चमा मुद्दा दायर गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। साभार :- नागरिक
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!