जोनकी नयाँ

मुम्बई (एजेन्सी), कार्तिक ३० - बंगाली बाला विपाशा बसुसँग वर्षौंको सम्बन्धलाई तिलाञ्जली दिएका जोन अब्राहम त्यस लगत्तै अर्कीसँग सल्केको कुरो बेलुन फुले जसरी फैलिरहेको थियो । त्यो गाइँगुइँ फोकटमा उब्जेको रहेनछ ।  बलिउडका ह्यान्डसम बडी स्टारले अन्ततः आफ्नी नयाँ गर्लप|mेन्डलाई सबैसामु ल्याएका छन् । उनकी नयाँ पि्रयतमाको नाम हो- पि्रया मारवाह । केही समयदेखि नै जोन-पि्रया निकटताबारे बडो चर्चा हुँदै आएको थियो । तर जोनले यो सम्बन्धलाई लुकाउँदै आएका थिए । तर यो साता नयाँ गर्लप|mेन्डसँग हातमा हात मिलाई सार्वजनिक समारोहमा सहभागी भएर उनले सबैलाई अवाक् बनाइदिए ।  जोनले गर्लप|mेन्ड प्रदर्शनीका लागि यही समय किन रोजे होलान् ? रिलिज तरखरमा रहेको 'देशी ब्वाइज' को आकर्षण बढाउन खोजेका त होइनन् ? हुन पनि सक्छ । उनको पछिल्लो फिल्म 'फोर्स' हलमा कहिले लाग्यो र कहिले उत्रियो, सायदै ठूलो समूहले थाहा पायो । र, यो सिलसिला दुई/चार फिल्मको मात्रै होइन ।
 सफलताको यस्तो खडेरी परेका बेला जोनले प्रेमिकाको अनुहारको सहारा लिएका हुन सक्छन् ।    त्यो समारोहमा बढी समय जोन र पि्रयाले एकअर्कालाई समाइरहेका थिए । मानौं उनीहरू एक पल पनि एकअर्काबाट छुट्टनिै चाहिरहेका छैनन् । विपाशासँगको उनको १० वर्ष लामो सम्बन्ध केही महिनाअघि मात्र टुटेको हो । विपाशाले परिवारको आग्रह भन्दै बिहे गर्न दबाब दिएपछि जोनले अर्कै बाटो समाएका थिए । केही सातायता विपाशा पूर्वब्वाइप|mेन्डसँग नजिकिन थालेको कुरो एक कान दुई कान मैदान भइरहेका बेला ३९ वर्षे अभिनेताले पनि पि्रयालाई काखी च्यापेर पूर्वगर्लप|mेन्डलाई चुप लगाइदिएका छन् ।    
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login