विमानस्थलमा १ लाख घुस लिने बस्नेतलाई कारवाही गर्न माग

काठमाडौं, कात्तिक ९- विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार लिएको भन्दै ती कर्मचारीलाई कारबाहीको माग गरेका छन्।   नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ, शेर्पा वर्ल्ड डट कमद्वारा आज संयुक्तरुपमा यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधिले सम्बन्धित दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका हुन्। शेर्पा वर्ल्ड डट कमका अध्यक्ष छिरिङ शेर्पाले दिचिन डोमालाई सम्पूर्ण कागजात तयार गरी असोज २१ गते अमेरिका जाने क्रममा विमानस्थलका केही कर्मचारीले केही कागजात नमिलेको भन्दै पाँच दिन अल्मलाएपछि उनले असोज २५ गते विमानस्थलका कर्मचारी पूर्णबहादुर बस्नेतलाई एक लाख दस हजार बुझाएर असोज २६ गते अमेरिका गएको बताए।  दिचिन डोमाले चलाखीपूर्ण तरिकाले असोज २१ गतेदेखि २५ गतेसम्म बस्नेतको गतिविधिलाई भिडियो रेकर्ड गरेको दृष्य पनि आज सार्वजनिक गरिएको थियो।  सो अवसरमा विभिन्न सञ्चारकर्मीले सोही विषयलाई लिएर पीगितसँग अनलाइनमा प्रश्न सोधेका थिए।  नेपाल शेर्पा महिला सङ्घका अध्यक्ष ङिनी शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन विभाग लगायतका कर्मचारीले शेर्पा जातिका महिलालाई मात्र नभएर सबैसँग कुनै बहानामा घुस माग्ने प्रचलन रहेकाले त्यसको अन्त्य गर्न दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिइन्। रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login