घरघरमा लक्ष्मी पूजा गरेर तिहार मनाइँदै

९ कात्तिक, काठमाडौँ । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज परम्पराअनुसार घरघरमा धनधान्यदेवी लक्ष्मीको पूजा गरिँदैछ ।  आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आर्थिक संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । तर, पछिल्लो समय सद्भाव अभिवृद्धि गर्न खेलिने भैलोलाई विभिन्न संघसंस्था र राजनीतिक दलहरुले पैसा सङ्कलन गर्ने अवसरका रुपमा उपयोग गर्दै आएका छन् ।  यसअघि यम पञ्चकको दोस्रो दिन हिजो बिहान काग र अपराहृन कुकुरको पूजा गरी कागतिहार र कुकरतिहार मनाइएको थियो । कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि शुक्लपक्ष द्वितीयासम्म पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन काग पूजा, दोस्रो दिन कुकुर, तेस्रो दिन लक्ष्मी र चौथौ दिन गोवर्द्धन पूजा गरिन्छ । पाँचौ दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि तिहार सकिन्छ । यस वर्षको तिहारको टीकाको शुभसाईत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निणर्ायक समितिले जनाएको छ । यम पञ्चक भर यमलोकका राजा यमराज आफ्ना दैनिक कामकाज छोडी पाँच दिनसम्म बहिनी यमुनाका घरमा पाहुना लग्न आउने जनविश्वास रहिआएको छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login