नेपाली नागरिकता लिन खोज्ने विदेशी पक्राउ

  नुवाकोट, १६ साउन    नेपाली राहदानीमा सयौँ गैरनेपाली बिदेसिएको समाचार आइरहेका वेला नुवाकोटमा एक विदेशी युवती नेपाली नागरिकता लिन खोज्दा पक्राउ परेकी छिन् । तिब्बती मूलकी भारतको बैङ्लोर बस्दै आएकी २२ वषर्ीया छुङ्ता गुरुङलाई जिल्ला प्रशासन कार्यालयले आइतबार पक्राउ गरेको हो ।   झुटो विवरण पेस गरी नेपाली नागरिकता लिन खोज्ने छुङ्तासहित अन्य तीनजना नेपालीलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जन्मदर्ता प्रमाणपत्र, गाविस सचिवको सिफारिस, नाता प्रमाणित प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गर्ने अन्तिम चरणमा सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलले शंका लागि सोधपुछ गर्दा छुङता विदेशी भएको रहस्य खुलेको हो ।   छुङ्ताले सूर्यमति-८ स्थायी ठेगानाको बासिन्दा बनेर नागरिकता लिन खोजेकी थिइन् । छुङ्तालाई नेपाली नागरिकता दिलाउन नक्कली बाबु बन्ने सूर्यमति-ं८ का ६६ वषर्ीय भक्तबहादुर तामाङ, नागरिकता दिलाउन झुट्टो विवरणमा सनाखत बस्ने सोही गाविसकै कृष्णप्रसाद थपलिया र देवेन्द्र न्यौपानेलाई समेत पक्राउ गरेर कारबाही सुरु गरेको प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीले बताए । कीर्ते गर्नेलाई नागरिकता ऐनअनुसार कारबाही हुने उनको भनाइ छ ।   नागरिकता हात परेपछि आफूलाई २५ हजार रुपैयाँ दिने सहमति भएको नक्कली बाबु बनेका भक्तले बताए । 'तपाइर्ंका सन्तान पढाउन, घर खर्च गर्न सजिलो हुन्छ, बाबु बन्नुस् भने । त्यसैले बनेँ,' भक्तले भने, 'अहिले आएर फसियो ।'   भारतको बैंगलोरस्थित झाङ्गुप गुम्बाबाट दुई महिनाअघि काठमाडौं बौद्धस्थित सेतु गुम्बामा बस्न आएको छुङ्ताले बताइन् । नागरिकता बनाउन ६० हजार रुपैयाँ खर्च भएको बताउने छुङ्ताले कसलाई कति रकम दिएको हो भन्ने खुलाइनन् । कनिकुथी नेपाली बोल्ने उनले आफू भारतमा बस्दै आए पनि तिब्बती नभएको दाबी गरिन् । तर, उनले आफू कहाँको नागरिक हो भन्ने पनि खुलाइनन् । युरोप जानका लागि राहदानी आवश्यक परेकाले नेपाली नागरिकता र राहदानी बनाउन नेपाल आएको छुङ्ताको भनाइ छ ।  छुङ्तालाई नागरिकताको सिफारिस गर्ने दुई सचिव पनि अनुसन्धानको घेरामा तानिएका छन् । हाल रालुका गाविसको सचिव हरिप्रसाद उपे्रतीले तीन दिनअघि ०६६ असार १६ गतेको मितिमा छुङ्ता भक्तबहादुरको छोरीको रूपमा जन्मदर्ता प्रमाण पत्र र नाता प्रमाणित दिएका थिए । सोही प्रमाण पत्रको आधारमा नागरिकताका लागि सिफारिस गरेको सूर्यमति गाविसका सचिव नारायणप्रसाद कँडेलले बताए ।    



source:-नयाँ पत्रिका 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login