साउन ११ भुटानी शरणार्थी शिविर बेलडाँगीमा जंगली हात्तीको आक्रमणबाट दुइ जना शरणार्थीको ज्यान गएको छ । आज विहान साढे पाँच बजेतिर शिविर पसेका जंगली हात्तीले आक्रमण गर्दा बेलडाँगी १ शिविर, सेक्टर ए ३ छाप्रो नम्वर ३४५, ३४६ का ६८ बर्षीय विर्ख बहादुर राई र सोही शिविर, सेक्टर ए १, छाप्रो नं. १३४ का ७८ बर्षीय दाताराम मगरको ज्यान गएको हो । जंगलबाट शिविर छिरेका हात्तीले राईलाई आफ्नै घरको बरण्डामा बसिरहेको बेला र मगरलाई शिविर छेउको पैनीमा आक्रमण गर्दा मृत्यु भएको शिविर सचिव डिवि सुव्वाले जानकारी दिनुभयो ।
समाचार
»
हात्ती आक्रमणमा दुइ शरणार्थीको मृत्यु
हात्ती आक्रमणमा दुइ शरणार्थीको मृत्यु
Tags:
समाचार


0 commentaires