म्याग्दीमा चितुवा आतंक

११ साउन, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजारमा बुधबार बिहानै जङ्गली चितुवा देखिएपछि बजारक्षेत्र बिहानभर आतंकित बन्यो ।  बजार छेउको बराहपाखो सामुदायिक वनबाट निस्किएको चितुवा बजारको संगमचोकस्थित एक पाउरोटी उद्योगभित्र पसेको थियो । पाउरोटी उद्योगमा कुखुरा खान पसेको अनुमान गरिएको चितुवा बाहिर निकाल्न बिहान साढे ६ बजेदेखि प्रहरीले निकै कसरत गरेपनि उक्त प्रयास सफल हुन सकेन । अन्ततः चितुवा बिहान आठ बजे पाउरोटी उद्योगको पर्खाल नाघेर भाग्ने क्रममा एक प्रहरीसहित दसजना घाइते भएका छन् ।  चितुवालाई नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक रामबहादुर क्षेत्रीसहित १० जना घाइते भएका हुन् । क्षेत्रीको पाखुरा र पिठ्यूँमा चोट लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  चितुवालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोलीसमेत प्रहार गरेको थियो । तर, गोली चितुवालाई नलाली स्थानीय असोक श्रेष्ठको घरको एक कोठामा पसेको थियो । स्थानीय एक मन्दिरमा लुकेर बसेको चितुवालाई जिल्ला वन कार्यालयका प्रमुख पुर्णेस्वर सुबेदी सहितको प्रहरी टोलीले नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले जानकारी दिुनभयो ।



source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login