५ साउन, पर्वत । अनियन्त्रित रुपमा विद्युत प्रवाह हुँदा बिहीबार बिहान पर्वतको चित्रे गाविस -६ का दर्जनभन्दा बढी घरमा आगलागी भएको छ । बिहान पौने ८ बजेको समयमा एक्कासि हाई भोल्टेजको विद्युत प्रवाह हुादा १० घरमा आगलागी भएको स्थानीयबासीले जानकारी दिएका छन् । बढी विद्युत प्रवाह भएका कारणले एक फर्निचर उद्योगसहित घरहरुमा आगलागी भएको बताइएको छ । पानी परेका कारण बढी क्षति हुन भने नपाएको प्रहरीले जनाएको छ । तीन दिनदेखि अवरुद्ध विद्युत सेवा बिहान अचानक आएको थियो । घटनापछि नेपाल विद्युत प्राधिकरण मोदी सवस्टेशन डिमुवाले चित्रे गाविस र त्यस आसपासमा विद्युत आपूर्ति बन्द गरेको जानकारी दिएको छ ।
source:-onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires