सास किन गन्हाउँन्छ ?(स्वास्थ्य)



सास गन्हाउने समस्या विश्वका हरेक क्षेत्रका मानिसको एक ठूलो समस्या हो । जो गिजाको रोग, खाना वा प्लाक -दाँतमा जमेको फोहोर) का कारणले मुखमा ब्याक्टेरिया सङ्क्रमण भएर हुन्छ । चिकित्साशास्त्रले यस समस्यालाई हेलिटोसिस, फिटोर ओरिस वा आजोस्टोमिआ भनी व्याख्या गरेको छ । प्रायः सास गन्हाउने व्यक्तिले अरुको अगाडि सास गन्हाएको थाहा पाउँदैन । अर्कोतर्फनजिक रहेका व्यक्ति गन्हाउँदैछ भन्न अप्ठेरो मान्ने गर्छन् । विशेषज्ञहरुका अनुसार हामीमध्ये कम्तीमा पनि आधा जनसङ्ख्याको सास जीवनको एक कालखण्डमा गन्हाउने गर्छ । कडा स्वाद भएका खाना, जस्तो कि प्याज र लसुनबाट कसै कसैको सास गन्हाउन सक्छ । जीवनशैलीका कारण सास गन्हाउन सक्छ । धूमपान गर्ने व्यक्तिको सास धूमपान नगर्ने व्यक्तिलाई गन्हाउँछ । धूमपानले मुख सुख्खा हुने भएकाले गिजा र दाँतको रोग लागेर सास गन्हाउने हुन्छ । 
सास गन्हाउने समस्याबाट छुट्कारा पाउन सजिलो छैन । स्वच्छ सास पार्न कयौँ प्रकारका मिन्ट, गम, माउथवास, स्प्रे र अन्य उत्पादन बजारमा छ्यापछ्याप्ती पाइन्छन् । धेरैजसो मामिलामा सास गन्हाउने समस्याबाट छोटो समयका लागि मात्र मुक्ति मिल्छ । 
तापनि दाँतको राम्रो सरसफाइबाट सास स्वच्छ राख्न मद्दत पुग्छ र यसैलाई नै बचाउको राम्रो उपाय मानिन्छ ।

सास गन्हाउने कारणहरु*    दाँतको सरसफाइमा कमी- विशेषज्ञहरुका अनुसार सास गन्हाउने ९० प्रतिशत मामिला सरसफाइको कमीले हुने गर्छ । हामीले खाना खाएपछि मुखमा प्राकृतिक रुपमै हुने ब्याक्टेरियाले खाना विघटित गर्न थाल्छन् । खाना र प्रोटिन विघटित भएर ग्यास निस्कन्छ । हाइड्रोजन सल्फाइडलगायतका ग्यास गन्हाउँछन् । खाना निले पनि केही खाना हाम्रो दाँतमा फस्छ र ब्याक्टेरियाले त्यसलार्य विघटित गर्न सुरु गर्छन् । सडेको अण्डाबाट निस्कने हाइड्रोजन सल्फाइड ग्यास हाम्रो मुखमा रहने ब्याक्टेरियाको कारणले पनि निस्कन्छ । यो ग्यास सामान्य तापमा पपनि वाष्पिकृत हुन्छ । त्यसैले खाना खाएपछि दाँत माझ्नु पर्छ । ब्याक्टेरियाले खाना र र्‍यालसँग पनि टाँसिएर रंगहिन र लेसिलो पत्र दाँतको सतहमा तयार पार्दछ । यदि तपाईंले नियमित वा राम्रोसँग दाँत माझ्नु भएन भने प्लाक बन्न थाल्छ । प्लाक बन्दै गयो भने गिजा चिलाउने र दुख्ने भई गिजा र दाँत खिइने गर्छ । यसले पनि सास गन्हाउँछ । *    नक्कली दाँतको सफाइमा कमी- नक्कली दाँतको सफाइ नियमित रुपमा गरिएन भने पनि सास गन्हाउँछ ।*    सुख्खा मुख- हाम्रो मुख रसिलो भइरहनर्ुपर्छ । र्‍यालले मुख सफा राख्छ । यदि मुख सुख्खा भयो भने मरेका कोष ज्रि्रो, गिजा र गालाको भित्री भागमा जम्मा हुन थाल्छन् । ती कोष सड्न थाल्छन् र सास गन्हाउन सुरु हुन्छ । र्‍याल ग्रन्थीको समस्या छ भने तपाईंको मुख बढी सुख्खा रहन्छ । *    बिहान सास गन्हाउनु- धेरैजसो मान्छेको सास बिहान उठ्दा गन्हाउँछ । सुतेको बेला हाम्रो मुख सुख्खा रहन्छ । विशेष गरी मुख खोलेर सुत्ने मान्छेको मुख बढी सुख्खा हुन्छ । उठेपछि र्‍याल निस्कन थाल्छ र मुख रसिलो भएर सास गन्हाउन छाड्छ । *   खाना र पेयपदार्थ- प्याज, लसुन र केही अन्य मसालायुक्त खाना खाएपछि सास गन्हाउन थाल्छ । अल्कोहल र कफीले पनि सास गन्हाउँछ । लसुन खाएपछि आउने गन्ध ब्याक्टेरियाको कारणले नभई लसुनकै कारणले हुन्छ । खासगरी मासु वा माछा खाएपछि ब्याक्टेरियाले प्रोटिनहरु विघटित गर्न सुरु गर्छ । दाँतमा फसेको मासु निकालिएन भने सास झन् बढी गन्हाउँछ । *    औषधि- कयौ औषधिले मुख वा नाक सुख्खा पार्ने कार्य गर्छन् । जसले सास गन्हाउँछ ।*    रोग- रोग वा अन्य चिकित्सा अवस्थाले पनि सास गन्हाउने गर्छ । केही अवस्था निम्न अनुसार छन्:

*   टन्सिलाइटिस ।
*   घाँटीका अन्य सङ्क्रमण ।
*    मधुमेह- अनियन्त्रित मधुमेहले फलफूलको जस्तो सास गन्हाउँछ ।
*    ब्रोन्काइटिस र फोक्सोको सङ्क्रमण ।
*    साइनसाइटिस ।
*    ग्यास्टि्रक ।
*    एसिड रिफ्लक्स- ग्यास्ट्रोइसोफागेल रिफ्लक्स डिजिज् ।
*    कार्बोहाइड्रेट धेरै कम भएको खाना । 
*    कलेजोको समस्या- कलेजोमा विकार भएमा माछाको जस्तो गन्ध आउँछ ।
*    मिर्गौलाको समस्या- मिर्गौलामा विकार भएमा पिसाबको जस्तो गन्ध आउँछ ।
*    केही क्यान्सर ।
*    सास गन्हाउने बच्चाको नाकमा बाहृय वस्तु टाँसिएको हुनसक्छ । 
-एजेन्सी
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login