द्धन्द्ध पिडित बालबालिकालाई राहत


बिनोद नेपाल,सर्लाही श्रावन—४,सक्रिय युवाहरुबाट सञ्चालीत चौतारी  युवा समूह हरिवनले श्री पञ्चइसाका प्रा.वि घुर्कौलीका द्धुन्द्ध पिडितवालबालीका लागी राहत सामाग्री संकलन गरि उपलब्द गराएको छ । उक्त समुहले बुधवार विद्यालय प्राङगणमा एक कार्यक्रम विच विद्यालयका ३२ जना द्धुन्द्ध पिडित बालबालिकाकालागी चामल, कपि ,कलम ,रुमाल लगाएतका सामाग्री उपलब्ध गराएको हो । एकीकृत माओवादीका जिल्ला इन्चार्ज अच्युत काफ्लेको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई बालबालिकाले ”हामिलाई एउटै भाका र एउटै स्वर देउ भन्ने बोलको स्वागत गित गाएर कार्यक्रमका अतिथिहरुलाई स्वागत गरेका थिय । यस बाहेक बालबालिकाले छुवाछुत सम्बन्धि गित पनि कार्यक्रममा गाए । सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत छात्रा सविता शान्तिले यसरी विभिन्न संस्था र दाताहरुले आफुहरुलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै सबैलाइ धन्यवाद प्रकट गरिन । चौतारी युवा समुहलाई राहत संकलन कार्यमा चामल दिएर सहयोग गर्ने गा. वि. स घुर्कौली लगायत गां विं स. हरिवन र अन्य व्यक्ती तथा संस्था हरुका प्रतिनिधिहरु, राजनितिक दलका व्यक्तीत्व हरु कार्यक्रममा उपस्थित थिए । चौतारी युवा समुहले विगतका वर्ष हरुबाट यसरिनै द्धुन्द्ध पिडित, अग्नि पिडित, बाडि पिडित लाई सहयोग र अन्य सामाजिक कार्यहरु गर्दै आएको जानकारी समुहका अध्यक्ष एवम कार्यक्रमका सभापति राधा कृष्ण प्याकुरेलले दिए ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login