रौतहट जिल्लाको सदरमुकाम भन्दा बढी विकसित मानिएको राजमार्गको चन्द्रनिगाहपुरमा एक जना महिलाको हत्या गरिएकोछ । चन्द्रनिगाहपुरमै माइत भएकी किरन साहको बिहा सोही ठाउ बस्ने एकजना भारतीय नागरिकसित भएको थियो । समान्य परिबारकी किरनको बिहापछि उनका श्रीमान लगायत परिवारका सदस्यहरुले दाइजोका लागि प्रताडित गर्दै आएका थिए ।किरन साहको शव सोमबार बिहान फेला परेको थियो ।मृतकको माइतीले उनको हत्या गरिएको आरोप लगाउदै हत्यामा श्रीमान समेत परिबारका सदस्यहरुको संलग्नता रहेको किटानी गरेकोछ ।तराइमा दाइजो अभिशाप बनेकोछ ।दाइजोको कारण कयौं महिलाहरुको ज्यान गइसकेकोछ ।कयौं महिला अपांग भएको र कयौं महिला परिबारमा अपहेलित जिवन बाच्न बाध्य छन ।दाइजोको कारण महिलाहरुले भोग्नु परेको समस्यालाइ अन्तगर्न सरकारी र गैह्रसरकारी क्षेत्रबाट निरन्त प्रयास भइरहेकोछ ।सरकारी पक्षलेपनि दाइजो लेनदेन गर्ने बिरुद्ध कार्वाही गर्ने र दाइजो लेनदेन नगर्न चेतना फैलाउन गैह्रसरकारी संस्थाहरु सकृय छन ।तर दाइजोको लेनदेनमाथि पर्२ण्ा रुपमा नियन्त्रण हुन सकेको छैन ।बिपन्नदेखि सम्भ्रान्त परिबारहरुमा दाइजो लेनदेन भइरहेकोछ ।बढी दाइजो दिनु समाजिक प्रतिष्ठा ठान्नेहरुपनि समाजमा विद्यमान छन ।तर सम्भ्रान्त परिबारमापनि दाइजोको कारण गंभीर समस्या उत्पन्न नभएको होइन ।दाइजोको कारण सम्भ्रान्त परिबारमापनि महिलाले ज्यान गुमाएको र सम्बन्ध बिच्छेद भएका थुप्रै घटनाहरु छन ।दाइजो लेनदेन गर्ने दुबै पक्षलाइ कान२नले समान अपराधि मानेपनि त्यसको खोजबिनगरि कार्वाही गर्ने काम राज्यपक्षबाट भएको छैन ।दाइजो लेनदेन भइसकेपछि उत्पन्न समस्याबाट मात्र प्रहरी लगायतका निकायहरुले थाहा पाउने गरेकाछन ।हुनत दाइजो कान२नले मात्र रोकिने छैन ।दाइजो रोक्न समाजिक स्तरबाट सशक्त कार्यक्रमहरु चल्नर्ुपर्छ ।समाजमा ब्यापक चेतना बृद्धिगरि दाइजो रोक्न सकिन्छ ।वडास्तर सम्म महिला पुरुषको प्रभावकारी समिति गठनगरि दाइजो लेनदेन गर्नेहरुलाइ समाजिक बहिष्कारको थालनी गर्नुपर्छ ।यसो गर्नु अत्यन्त कठिन छ ।तर त्यसरी अगाडी नबढे सम्म दाइजोरुपी राक्षसलाइ निर्म२लगर्न सकिदैन ।किरन साहको हत्यामा संलग्नहरुलाइ कडा कार्वाही गरिनर्ुपर्छ ।जनकपुर टुडे
समाचार
»
समाजिक बहिष्कार गरौ
समाजिक बहिष्कार गरौ
Tags:
समाचार


0 commentaires