बजेटका रमाइला नाराहरु र कल्पना

बजेट एउटा राम्रो साहित्य पनि हो भनेर कसैले भनेका थिए। त्यही भएर होला बजेटमा मीठा मीठा नाराहरु राखिएका हुन्छन्। अनि काठमाडौँमा फ्लाइओभर, मेट्रो रेल जस्ता सुन्दै रमाइलो लाग्ने कल्पना पनि गरिएका हुन्छन्। यस पटकको बजेटमा पनि १५ वटा त्यस्ता रमाइला नारा राखिएका छन्। हेरौँ के के हुन् यस्ता नारा र कल्पना- 

 इन्द्रचोक स्टेसनमा काठमाडौँ मेट्रो रेल   -हेलो उमेश, कहाँ छस् तँ ? - म कलंकीको फ्लाइओभरबाट कालिमाटी पुगेँ, दुई मिनेटमा कोटेश्वरको छ लेन सडकमा पुग्छु, सुरेश तँ कता नि? - म इन्द्रचोक स्टेसनबाट मेट्रो रेल चढेर कोटेश्वर स्टेसनबाट उक्लनेछु। बरु रमेश कता पुग्यो रे ? - भर्खर फोन गरेको थियो भिमफेदी–हेटौडा सुरुङ मार्ग पार गरेर नौबीसे-नागढुङ्गा सुरुङ मार्गमा छ रे। एकछिनमा कलंकी फ्लाइओभरमा आइपुग्छ ऊ पनि
बजेटले भने जस्तो काम गर्‍यो भने यो कल्पना सही हुनसक्छ किनभने बजेटमा यस्तो मिठो कुरा गरिएको छ हेर्नुस्-
  • नागढुङ्गा–नौबीसे र भिमफेदी–हेटौडा सुरुङ मार्ग निर्माण गर्ने कार्य यथाशीघ्र आरम्भ गरिनेछ ।
  • काठमाडौंमा फ्लाई ओभरको निर्माण कार्य द्रुत गतिका साथ अगाडि बढाइनेछ ।
  • काठमाडौं उपत्यकामा मेट्रो/मोनोरेल सेवा सञ्चालनका लागि सम्भाब्यता अध्ययन कार्य शुरु गरिनेछ।
  • पूर्व पश्चिम तराई रेलमार्ग निर्माणको कार्यलाई अघि बढाइनेछ। नेपाल जयनगर—जनकपुर रेल्वे सेवालाई वर्दिवाससम्म विस्तार गरिनेछ। यसैगरी रानी—सिकियाही—विराटनगर रेल्वे सेवाको निर्माण कार्य शुरु गरिनेछ। नेपाल—भारत सीमा क्षेत्रमा पहिचान भएका अन्य रेलमार्गहरुको विस्तृत अध्ययन कार्यलाई तीब्रता दिइनेछ ।
  • रानी—इटहरी—धरान, वीरगन्ज—पथलैया र बेलहिया—बुटवल सडकलाई ६ लेनमा विस्तार गर्न आगामी आर्थिक वर्षदेखि निर्माण शुरु गरिने
अब नाराहरु है-
“एक परिवार एक रोजगार”
कर्णालीमा कार्यान्वयनमा रहेको “एक परिवार एक रोजगार” कार्यक्रमलाई जाजरकोट, अछाम, बझाङ्ग र बाजुरा लगायत पूर्वाधार र मानव विकास सूचकांकमा पछाडि परेका जिल्लाहरुमा लागू गरिने
• “उत्पादन वृद्धि गरौं आत्मनिर्भर बनौं”
आगामी तीन वर्ष भित्र खाद्यान्न लगायत कृषि जन्य वस्तुमा आत्मनिर्भर बन्न कृषिलाई व्यवसायिकरण गरिनेछ
“एक गाउँ एक उत्पादन”
गाउँ घरमै रोजगारी र आयआर्जनका अवसरहरु सिर्जना गरिने
“गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी”
“सबै गाउँ उज्यालो बनाउँ”
आगामी ५ वर्ष भित्र प्रत्येक घरधुरीसम्म विद्युत पहुँच विस्तार गर्ने
जनताको रहर उज्यालो शहर
काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा रातभर ननिभ्ने गरी नयाँ प्रविधि मार्फत सडक वत्ती जडान गर्न
“विद्युत चोरी बन्द गरौं, सभ्य समाज निर्माण गरौं”
“राष्ट्रको समृद्धि—युवाको रोजगारी”
“गाउँलाई माया गरौंः आधारभूत सेवा सुविधा गाउँमै पुर्‍याऔं ”
प्रत्येक जिल्लामा एक/एक वटा नमुना गाउँ खडा गरिने
“आफ्नो गाउँ आफै बनाउँ”
दिगो वन, समृद्ध जीवन
 एक गाउँ एक नर्सरी
“नयाँ नेपालको आवश्यकता स्वास्थ्यमा सहकारीता”
“गाउँगाउँमा ब्रोडब्याण्ड, सबै शहरमा फोन अन डिमाण्ड”
• “बंकरबाट ब्यारेक”

बजेटमा सुन्दा राम्रो लाग्ने थप व्यवस्था

मदिरा, बियर र चुरोट उद्योग र तिनका विक्रेताहरुले कुनै पनि प्रकारका उपहार कार्यक्रमहरु संचालन गर्न नपाइने र त्यस्ता उद्योगहरुले मूल्य अभिवृद्धि
करमा दर्ता भएका वाहेक अन्य बिक्रेतालाई त्यस्तो उत्पादन बिक्री गर्दा छुट समेत दिन नपाइने व्यवस्था। 

यो राम्रो व्यवस्था हो। लागू हुनु पर्छ।
झुठा एवं नक्कली विल विजकको प्रयोग गरी कर छल्ने प्रवृत्ति बढ्दै गएको पाइएकोले यस्तो कार्यमा संलग्न हुने र सघाऊ पुर्‍याउने दुवै पक्षलाई कारवाही गर्ने गरी विद्यमान कानूनी व्यवस्थामा परिमार्जन गरेको छु। झुठा तथा नक्कली विल विजक सम्बन्धी अनुसन्धान प्रक्रियामा रहेका बाँकी करदाताहरुको अनुसन्धान शीघ्र सम्पन्न गरिनेछ।
शीघ्र भनेको शब्द अनुसार छिटो नै होस्।
काठमाडौं उपत्यका भित्र सवारी आवागमन र ट्राफिक सूचना सम्प्रेषणका लागि महानगरीय ट्राफिक प्रहरी एफ एम स्टेशनको स्थापना र सञ्चालन गर्न आवश्यक बजेट छुट्याएको छु ।
३० वटा एफएम त छन् क्यारे काठमाडौँमा, अब अर्को थपिने भो। ट्राफिक सूचनाबाहेक रुक रुक रुक अरे बाबा रुक भन्ने हिन्दी गीत नि बज्ने हो कि यो एफएममा ?
सवै नेपाली नागरिकलाई विभिन्न सेवा तथा सुविधामा प्रयोग गर्न सकिने फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्ड तयार गर्ने कार्यको शुरुवात गरिनेछ। प्रथम चरणमा आगामी आर्थिक वर्षभित्र ४ लाख कार्ड वितरण गरिनेछ।
चार लाखमा म पनि पर्छु कि ? परेमा तपाईँलाई भनौँला है कस्तो रहेछ यो कार्ड
सामाजिक सुरक्षा भत्ता पाउने एकल महिलाको उमेरको हद हटाइ विधवा भएकै दिनदेखि भत्ता पाउने ब्यवस्था मिलाएको छु ।
सरकारले विधवा बन्न प्रोत्साहन गरेको नठानियोस् है। अब केटीहरुलाई गाली गर्दा रा* भन्ने गाली नगरी भत्ता पाओस् तैँले भनेर गाली गर्ने दिन नआओस्। फेरि विधवालाई मात्र दिने रे विधुरले नपाउने रे। यो त लैंगिक असमानता भो भनेर केटाहरु कुर्लन पाइन्न।
वर्तमान तलवमानमा ३०.३९ प्रतिशत देखि ४२.८६ प्रतिशतसम्म बृद्धि गरेको छु। हालको महंगीभत्तालाई तलबमा गाभिएको छ ।
सरकारीको त तलब बढ्यो त्यो पनि ठूलै। हामी निजीमा काम गर्नेलाई त केही न केही। बरु महंगीको मार खेप्नु पर्ने होला। मह‍ंगी नियन्त्रणको भने कुनै कार्यक्रम छैन
भ्रष्टाचार विरुद्धको रणनीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको विकास गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ।
अभियान सञ्चालन गर्ने क्रममै भ्रष्टाचार होला नि फेरि !
युवावर्गलाई यौन विकृति विरुद्ध लड्न प्रोत्साहित गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
कस्तो कार्यक्रम हो कुन्नि ?
भावी समृद्ध नेपालको रुपरेखा देखिने गरी काठमाडौं उपत्यकामा गणतन्त्र स्मारक (मोनुमेन्ट) निर्माण गरिनेछ ।
तीन वर्ष भो क्यारे यो बनाउने भनेको। कहिले बन्ने हो ?
सम्पत्ति खरिद गर्दा आयस्रोत खुलाउनु पर्ने विद्यमान ब्यवस्थालाई परिवर्तन गरी रु. ५० लाखसम्मको सवारी साधन र एक करोड रुपैयाँ सम्मको घर जग्गा खरिद गर्दा स्रोत खुलाउनु नपर्ने ब्यवस्था गरेको छु ।
पैसा आकाशबाटै झर्छ नि, किन स्रोत खुलाउनु पर्‍यो हैन र ?
काठमाडौंका विभिन्न स्थानहरुमा उत्खनन गरिएको प्राकृतिक ग्यास परीक्षण गरी उपयोगको कार्ययोजना बनाई सञ्चालनमा ल्याइनेछ ।
जमानामा आठ कक्षा पढ्दाको भूगोल किताबमा नि यस्तै लेखिएको थियो क्यार।
बाघ र गैडाको हालको संख्यालाई आगामी १० वर्ष भित्रमा दोब्बर बनाउने लक्ष्यका साथ संरक्षण कार्य अघि बढाइनेछ ।
कसो बाघ र गैँडाको स‍ंख्या १० वर्ष भित्र दोब्बर पार्न फोटोकपी मेसिन किन्ने भनिएनछ :)
यस आर्थिक वर्षमा ३ करोड विरुवा रोपिने लक्ष्य लिएको छु । 
त्यत्रो तीन तीन करोड बिरुवा कहाँ रोप्ने होलान् !
पोखरालाई चलचित्र नगरीको रुपमा प्रवर्द्धन गरिनेछ ।
ल नेपालको हलिउड पोखरा हुने रे।


source:-mysansar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login