काठमाडौँ, असार ३१- आर्थिक विधेयकले सिनेमा हलमा क्याबिन सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। चलचित्रघरहरूले क्याबिन सञ्चालन गर्न पाउने छन्। विदेशी चलचित्र प्रदर्शन गरे बापत त्यस्तो क्याबिनको सबै श्रेणीको टिकट बिक्रीबाट असुल गर्ने चलचित्र विकास शुल्कको दर प्रवेश शुल्कको बीस प्रतिशत हुनेछ। १. आ.व. २०६८/०६९ मा नेपालमा चलचित्रहरूको प्रदर्शनमा चलचित्रघरहरूले प्रदर्शन गर्ने विदेशी चलचित्रको सबै श्रेणीको प्रवेश शुल्कमा पन्ध्र प्रतिशत चलचित्र विकास शुल्क असुलउपर गरिनेछ। ३. चलचित्रघरहरूले आफूले प्रदर्शन गरेको चलचित्रको दैनिक टिकट बिक्रीको विवरण अभिलेख बिक्री खातामा दैनिक रुपमा अद्यावधिक गर्नु पर्नेछ। चलचित्रघरहरूले चलचित्र प्रदर्शन सम्बन्धी विवरण साप्ताहिकरुपमा काठमाडौं उपत्यकाको हकमा चलचित्र विकास बोर्ड र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा तथा अन्य क्षेत्रको हकमा आन्तरिक राजस्व कार्यालय भएको जिल्लामा सो कार्यालयमा र आन्तरिक राजस्व कार्यालय नभएको जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनु पर्नेछ। विद्यार्थीवर्गको सहुलियतको लागि शनिबार बिहान ८ बजेको र सार्वजनिक बिदा परेका दिनको बिहान ८ बजेको शोको चलचित्र प्रदर्शनीमा चलचित्र विकास शुल्कमा पचास प्रतिशत छुटदिइनेछ ।
source:नागरिक


0 commentaires