आपत्तिजनक अवस्थामा पाल्पाको होटलबाट ५ जोडी पक्राउ

हिरासतमा अटाउन मुस्किल- 
टेकनारायण भट्टराई, पाल्पा, साउन ११- पाल्पा प्रहरीले दुई दिनमा हतियारसहित आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरेको छ। जसमध्ये ५ जोडीचाहिँ आपत्तिजनक अवस्थामा होटलबाट समातिएका हुन।     साउन ९ र १० गते पक्राउ परेकामध्ये पेस्तोल र बिष्फोटक सामग्री बोक्ने, लागूऔषध कारोबारी,  चोरी डैकैतमा संलग्न, यौनजन्य क्रियाकलाप गर्दै गरेका र हत्या अभियोगका आरोपी छन्। आपराधिक क्रियाकलापमा संलग्न यति धेरैलाई दुई दिन अन्तरमा पक्राउ गरेको यो नै पहिलो भएको प्रहरीले जनाएको छ। जल्पा धुलीमारका ४० वर्षे धनबहादुर बरामेको घरबाट बाकसमा लुकाई राखेको कटुवा पेस्तोल १ थान, डेटोनेटर २ थान, फ्युजतार र १ केजी बारुद सहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले बताए।   तानसेन–४ बारुदखानका २६ वर्षे रोशन ओलीलाई तीनपोका ब्राउन सुगरसहित पक्राउ गरिएको छ। लु १ ज १०९० नम्बरको जीपधनी ओलीलाई जीपसहित पक्राउ गरिएको हो। तानसेनका होटलबाट प्रहरीले ५ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ। 'तानसेन बसपार्कस्थित होटल सिम्रिक र होटल मनकामनामा जाँच गर्दा यौन क्रियाकलापमा संलग्न अवस्थामा ५ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको हो।’ थपलियाले नागरिकसँग भने- यौनजन्य क्रियाकलाप बढेको गुनासोका आधारमा होटल तथा लजहरूमा चेकजाँच बढाएका छौं।  अर्चले–८ का १८ वर्षीय भगवत गाहा, २० वर्षीय भुमबहादुर सिंजाली र ५२ वर्षीय दिलबहादुर गाहालाई चोरीका गहना र नगद ३० हजारसहित पक्राउ गरिएको छ। सुनको औंठी, फुली दुईवटा र चाँदीका बाला, ७ थान सिमकार्ड र पुराना सिक्का १ सय ९७ गोटासहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरु रिग्नेरह–३ पूर्वाखोलाका नरबहादुर नेपालीको पसल, अर्चले–६ का सेरबहादुर खन्गाहा र दिलबहादुर रानाको घर र सिलुवा १ दलबहादुर थापा र नारायण श्रेष्ठको घरमा चोरी गरेर फरार थिए।  साउन १ गते बुटवल–१३ देवीनगरकी एक युवतीलाई करणी गरेर शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाई फरार पाल्पा गोठादी–९ का चेतबहादुर घर्ती र उनकी पत्‍नी गौमाया पुनलाई पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको प्रहरीले बतायो।  हिरासतमा अटाउन मुस्किल पक्राउ परेका १७ जना र अनुसन्धान चल्दै गरेका थप गरेर प्रहरी हिरासतमा २५ जना छन्। महिला र पुरुसका दुई बेग्लाबेग्लै हिरासत कक्ष छन्। 'महिला कक्षमा चाप थेग्न समस्या छैन तर पुरुषतर्फ अटाउन मुस्किल परेको छ।’ प्रहरी नायव उपरीक्षक थपलियाले भने- गर्मी समय भएकाले लत्ताकपडाको खासै समस्या छैन।




source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login