दिदीसँग पहिला यौन सम्पर्क, पछि हत्या

सिन्धुली साउन १४ आफ्नै दिदीसँग पहिला यौन सम्पर्क राखी उनको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुरानोझागाझोली गाविस-२ नाङ्गेडाँडाका सीताराम थापा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले थापमाथि आफ्नै काकाकी छोरी गीताको करणीपछि हत्या गरेको अभियोग लगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले दुई दिनअघि विष सेवन गरेको अवस्थामा मृत भेटिएकी थापाका बारेमा अनुसन्धान गर्दैजाँदा करणी गरी हत्या गरेको रहस्य खुलेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएको दिन राति ८ बजे मृतक गीतासँग सहमतिमा नै यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा मृतक गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा आपतिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन्। 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. i hede u i thinking not never

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login