पढाई थाल्दै अञ्जु



गायनको शिखरमा पुगेकी गायिका अन्जु पन्त पढाई अगाडी बढाउने सोंचमा पुगेकी छन् । एसएलसी पास गरेपछि पढाईलाई निरन्तरता दिन नसकेकी यी कोकिलस्वरकी गायिकालाई अब पढाई अगाडी नबढाई हुँदैन भन्ने लागेको छ ।
मेरो औपचारिक पढाई एसएलसीमात्र हो, तर मैले गायन क्षेत्रमा जुन सफलता चुमें, त्यसमा म निकै गर्व गर्छु-पन्तले भनिन् । १७ बर्षअघि एसएलसी गरेकी पन्तले आफ्नै स्वास्थ्य र गायनप्रतिको रुचीका कारण पढाई अगाडी बढाउन नसकेको बताइन् । ‘धेरै पढन नसकेकोमा पछुतो छैन’- पन्तले भनिन-’औपचारिक शिक्षा धेरै नभएपनि भगवानले मलाई गाउने कला दिए म यसमै खुसी छु ।’
तर शिक्षा लिन उमेर बाधक नहुने मान्यता राख्ने गायिका अन्जुले अब पढाई अगाडी बढाउने सोंच बनाएकी छन् । उनले यसबारे विस्तृत त खुलाएकी छैनन तर एसएलसीपछिको पढाई थाल्ने सोंचमा भने पुगिसकेकी छन् ।
स्कुलमा मात्र हैन जिन्दगीका कुनै पनि परिक्षामा फेल नभएको दावी गर्ने अन्जुले गायन यात्राको डेढ दशकको यात्रामा सफलता पाउन थालेको भने जम्मा चार पाँच बर्षमात्र भयो । गायनमा पनि आफुले कुनै औपचारिक डिगि्र नलिएको उनको भनाई छ ।


onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login