मधेसी मोर्चाले अर्थमन्त्रीलाई छबुँदे दबाब पत्र बुझाउने

२६ असार, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अर्थमन्त्री भरतमोहन अधिकारीलाई भेटेर आगामी बजेटमा आफ्ना कार्यक्रमलाई समेट्न ६ बुँदे दबाब पत्र बुझाउने भएको छ ।
मोर्चाघटक सद्भावना सह-अध्यक्ष लक्ष्मणलाल कर्णले बिहान ११ बजे अर्थ मन्त्रालयमा भेटेर मोर्चाका तर्फबाट अर्थमन्त्रीलाई ६ बुादे अल्टिमेटमपत्र बुझाउन लागिएको जानकारी दिनुभयो ।
अल्टिमेटम पत्रमार्फत मोर्चाले आर्थिक वर्ष ०६८/०६९ मा पूर्व-पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, तराइमा अन्तर्राष्ट्रिय विमानस्थल, विश्वविद्यालय लगायत मधेस केन्दि्रत कार्यक्रमलाई प्राथमिकता दिन माग गर्न लागेको हो । यसअघि व्यवस्थापिका संसदबाट शुक्रबार पारित गरिएको आगामी वर्षको सरकारी नीति तथा कार्यक्रममा मधेस आन्दोलन शब्द उल्लेख नगरेकामा मधेसवादी दल रुष्ट छन् । आइतबार बसेको मोर्चाघटकको बैठकले आफ्ना कार्यक्रम बजेटमा नपारे संसदबाट बजेट पारित गर्न नदिने चेतावनी दिएको थियो ।
नीति कार्यक्रम पहाडमूखी रहेको आरोप लगाउादै मोर्चाले बजेटमा पनि तराइलाई उपेक्षा गरिए असामान्य रुपमा प्रस्तुत हुने निर्णय गरिसकेको छ । अर्थमन्त्री अधिकारीले आगामी ३० असारमा व्यवस्थापिका संसद समक्ष आर्थिक वर्ष ०६८/०६९ को अनुमानित आय तथा व्यको विवरण पेश गर्ने कार्यक्रम छ ।
यसैबीच अर्थमन्त्रीले आजै आगामी बजेटका विषयमा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुसाग पनि परामर्श गर्न लाग्नुभएको छ । सरकारले विकासमुखी भन्दा वितरणमुखी ‘पपुलिस्ट’ बजेट ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ ।



onlinekhabar


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login