ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ७ घाइते

राजकुमार कार्की सिन्धुली, जेष्ठ २९ - सिन्धुलीको रानिचुरी-७, तिनतलेमा आइतबार बिहान भएको ट्याक्टर दुर्घाट्ना परी एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सिन्धुलीमाढीबाट चकमके तर्फ जाँदै गरेको ना ३ त ६४१८ नंम्बरको ट्याक्टर दुर्घट्नामा परी जरायोटार गाविस ९, लंगुर खोलाका ५९ वर्षीय कर्णबहादुर परियारको  घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घट्नामा परी मृतक परियारकी ५५ वर्षीय श्रीमती लालिमाया परियार, भिमस्थान-७, डुडेका सोमबहादुर भोलन, आम्बोटका छत्रबाहादुर मगर, भिमस्थानका सोमराज थिङ, कमलामाई नगरपालीका ७ रामपुरका हस्तबहादुर वल सन्जय स्याङ्गतान, सितामाया तामाङ्ग घाइते भएका छन् ।  घाइते मध्ये थिङ्गलाई थप उपचारका लागि महोत्तरीको बर्दिवास लगिएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । साँघुरो बाटोमा ट्याक्टर मोड्ने क्रममा टेलर पल्टीए पछि सो दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।  ट्याकटरका चालक बेदबहादुर पुलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि गत सोमबार सोही स्थानमा यात्रुबाहक बस दुर्घट्ना हुँदा ४ जनाको ज्यान जानुका साथै ४० जना गंम्भीर घाईते भएका थिए । जिल्लाका विभिन्न स्थानमा वैशाख यता तिन ठुला यात्रुबस र तीन ट्याक्टर दुर्घटना भएका छन् । तिघटनामा परी २३ जना सर्वसाधरणको ज्यान गएको छ ।

ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login