महिलाद्वारा खुकुरी हानेर एकको हत्या, तीन गम्भीर


धनकुटा, अषाढ १०  - जिल्लाको फाक्सिव गाविसमा विहीवार अपरान्ह दुई पक्षबीच भएको झडपमा एकको मृत्यु भएको छ । घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् ।  फाक्सिव ७ का चन्द्रकुमारी परियार र सम्झना लिम्बुले स्थानीय श्रीकुमारी लिम्बुलाई बिजुली चोरेको आरोप लगाउँदा उत्पन्न विवादमा झडप भएको प्रहरीले जनाएको छ । दिउँसो साढे २ बजे भएको घटनामा श्रीकुमारीमाथि खुकुरी प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको छ ।  आक्रमणमा उत्रिएका चन्द्रकुमारी र सम्झनाले छुट्याउन पुगेका छिमेकी तथा मृतककी बुहारी निर्मला लिम्बुलाई समेत खुकुरी प्रहार गरेका छन् । घटनामा निर्मलाको शरिरका विभिन्न भागमा चोट लागेको छ । यस्तै स्थानीय सुमन विश्वकर्मालगायत घाइते भएका छन् ।  गाउँमा हुने महिला समुहको नियमित बैठकबाट फर्किने क्रममा मृतक श्रीकुमारीलाई बाटैबाट कुटपिट गरेका थिए भने सम्झनाले आफ्नो घरबाट खुकुरी ल्याइ जथाभावि आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिए ।  आक्रमणकारी मध्ये सम्झना नजिकको फाक्सिब जंगलतर्फ फरार भएकी छिन् भने चन्द्रकुमारीलाई स्थानीयबासीले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन् । सदरमुकामबाट १२ कोशको दुरीमा रहेको घटनास्थलमा प्रहरी निरीक्षक अनिल पौडेलको नेतृत्वमा सदरमुकाम तथा राजारानी र ओखे्र प्रहरी चौकीबाट प्रहरी खटिएको छ ।  फाक्सिब जंगललाई चारैतिरबाट प्रहरी र स्थानीयबासीले घेरा हालि राति अबेरसम्म खोजिरहेको प्रहरीले जनाएको छ । घरभित्र लुकिरहेको शंकामा फरार सम्झनाको बन्द घरको छानो उधारेर प्रहरीले खानतलासी गरेपनि फेला नपारेको स्थानीयले बताए ।

ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login